२०८३ वैशाख ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण


काठमाडौं— भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक वर्षमा २१३ जनाको मिर्गोला र तीन जनाको कलेजो प्रत्यारोपण गरेको छ । शुक्रबार केन्द्रको १४ औं वार्षिकोत्सवमा बोल्दैं कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले २०८२ बैशाखदेखि २०८२ चैत मसान्तसम्म २१३ जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्नभ एको जानकारी दिएकी हुन् ।

केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स, प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीहरुको निरन्तरको प्रतिवद्धता र योगदानबाट मात्र यो उपलब्धि सम्भव उल्लेख गर्दै उनले १४ औं वार्षिकोत्सवको अवसरमा सबैलाई शुभकामना दिइन् । केन्द्रको परिसरमा आयोजित वार्षिकोत्सवको विशेष समारोहमा उनले एक वर्षको समीक्षा समेत गरेकी थिइन् ।

डा. श्रेष्ठले केन्द्रको नाममा एक इन्च पनि आफ्नो छुटै भवन र उपयुक्त जग्गा नभएर थप सेवा दिन असहज भएको बताइन् । ‘केन्द्रका लागि जग्गा तथा भवनको लागि आवश्यक पहल गरिदिन सम्बन्धित सबैमा अनुरोध गर्दछु,’ उनले भनिन् ।

कार्यक्रममा प्रमुख अतिथी मानव अंग प्रत्यारोपण केन्द्र विकास समितिका अध्यक्ष डा. केशरबहादुर ढकालले केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले बिरामीको उपचारमा पु¥याउनु भएको सेवा र सहयोगको उच्च प्रशंशा गरे । केन्द्रको विकासका लागि आफू निरन्तर सकारात्मक रहेको उनले बताए ।

सो अवसरमा केन्द्रमा मिर्गौला प्रत्यारोपण सर्जरी विषयमा एक वर्षे फेलोशिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका डा. विकास खड्कालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

समारोहमा केन्द्रमा कार्यरत कर्मचारीहरुमध्ये २०८२ सालमा उत्कृष्ट सेवा गरे बापत डा. निभा श्रेष्ठ, ल्याब टेक्निसियन प्रशान्त बासुकला, स्टाफ नर्स अनु शाही, खरिदार बालिका ढकाल र सवारी चालक बल राम पाँउ गरी ५ जना उत्कृष्ट कर्मचारी घोषित भएका थिए भने नर्सिङ्ग इन्चार्ज एलिसा श्रेष्ठलाई नगद पुरस्कार र सम्मान पत्रसहित सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ