२०८३ वैशाख २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा

नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा

वरिष्ठ उपाध्यक्षमा टिम बद्रीका उम्मेदवार अगाडि


काठमाडौं—नेपाल चिकित्सकको संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा सुरु भएको छ । सोमबार विहान साढे ११ बजेको मतपरिणामअनुसार अध्यक्ष पदमा डा. मंगल रावलले निरन्तर अग्रता कायमै राखेका छन् ।

तर, अध्यक्षका अर्का उम्मेदवार डा. बद्री रिजालले अग्रता कम गर्दै लगेका छन् । डा. मंगलले १८५९ मतका साथ अग्रस्थानमा छन् भने उनलाई १७८३ मतका साथ डा. बद्री रिजालले पछ्याइरहेका छन् । डा रावल र डा. रिजालबीचको मतान्तर ७६ मतमा झरेको छ । यस्तै तेस्रो स्थानमा रहेका डा. नारायणप्रसाद भुसालले ४७७ मत ल्याएका छन् ।

वरिष्ठ उपाध्यक्षमा डा. सन्जीव तिवारी १६२८ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका डा. कीर्तिपाल सुवेदीले १३९६ मत प्राप्त गरेका छन् । उनीहरुबीच २३२ मतको अन्तर रहेको छ । तेस्रो स्थानमा रहेका डा. अजयकुमार मिश्रले ९४९ मत प्राप्त गरेका छन् ।

महासचिवमा डा. कालु सिंह खत्री १५१६ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. विश्वराज दवाडीले १४९८ मतका कडा प्रतिस्पर्धा दिइरहेका छन् ।महासचिवका प्रमुख दुई उम्मेदवारबीच १८ मतको अन्तर छ। महासचिवका उम्मेदवार रहेका डा. अमृत भुसाल ९६६ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रदेश संयोजक (उपाध्यक्ष) हरुमा कोशी प्रदेशमा डा. रोशन खड्का १७६५ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. टंक बाराकोटी १३३३ र डा. हरिशंकर कार्की ५२७ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै, मधेश प्रदेशमा डा. अमितरञ्जन मिश्र १८५९ मतका अग्रस्थानमा छन् । उनलाई डा. उदयनारायण सिंह १२८२ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका मोहम्मद अनमुल हक ५४० मतका साथ तेस्रो स्थानमा छन् ।

बागमती प्रदेश उपाध्यक्षमा डा. सुवास भट्टराई १४२८ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. अरुण शाही ११५५, डा. एकानन्द सिंह ८१५ र डा. रुबश नाथ योगी ३९७ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै, गण्डकी प्रदेशको उपाध्यक्षमा डा. यज्ञराज सिग्देल १९०३ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. नवराज लम्डारी १६२५ मतका साथ पछ्याइरहेका छन् ।

लुम्बिनी प्रदेशको उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ १६६४ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. सन्तोष पोखरेल १३९४ मत र डा. लक्ष्मण शर्मा ६५० मतका साथ पछ्याइरहेका छन् ।

कर्णाली प्रदेशको उपाध्यक्षमा डा. रविन खड्का १४८७ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. सरोज गिरी १४५२ र डा. अनुपमंगल समाल ६३७ मतका साथ पछ्याइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रमोद जोशी १९२० मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. निरज अर्याल १६२७ मतका साथ पछ्याइरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ