२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल

प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा. डा. जगदीश अग्रवाल नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।

प्रोफेसर डा. अग्रवाल त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डीन हुन्। बालेन्द्र शाह काठमाडौं महानगरपालिका को मेयर हुँदा पनि उनी सल्लाहकार थिए।

उनी कुनै सेवा–सुविधा नलिने गरी प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार नियुक्त भएका हुन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ