२०८३ वैशाख २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने

स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ सय ७७ जनाको दरबन्दी थप्न अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव अर्थले स्वीकृत गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयले पठाएको ९ सय ७७ जनाको दरबन्दी थप गर्ने फाइललाई अर्थ मन्त्रालयले स्वीकृती प्रदान गरेको अर्थ मन्त्रालयका स्वास्थ्य हेर्ने उपसचिव राजुप्रसाद प्याकुरेलले जानकारी दिए ।

‘स्वास्थ्य मन्त्रालयले पठाएको ९ सय ७७ जनाको दरबन्दी स्वीकृती सम्बन्धित प्रस्तावलाई अर्थ मन्त्रालयले बुधबार स्वीकृत गरेर क्याबिनेटमा पठाउने निर्णय गरेको छ,’ उपसचिव प्याकुरेलले भने, ‘अब क्याबिनेटले निर्णय गरेपछि दरबन्दी थप सम्बन्धि यो प्रस्ताव अन्तिम टुंगो लाग्छ ।’

नेपालमा लामो समयदेखि स्वास्थ्यमा स्थायी दरबन्दी स्वीकृत हुन नसक्दा जनशक्ति अभाव छ । स्वास्थ्य मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मीलगायतका पाँचौ तहदेखि ११ औं तहसम्मका ९ सय ७७ जनाको दरबन्दी स्वीकृतीका लागि अर्थ मन्त्रालय पठाएको थियो ।

अर्थ मन्त्रालयले उक्त ९ सय ७७ जनाको दरबन्दी स्वीकृत गरेसँगै अब स्वास्थ्यमा दरबन्दी खडेरी हट्ने सम्भावनाको एक कदम नजिक पुगिएको छ । तर, यस सम्बन्धि अन्तिम निर्णय भने क्याबिनेटले गर्नेछ । जसका कारण स्वास्थ्यमा दरबन्दी थप हुने अन्तिम निर्णयका लागि भने क्याबिनेटको निर्णय कुर्नु पर्नेछ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले दरबन्दी थप गर्नका लागि निरन्तर प्रयास गर्दै आएकी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ