२०८३ वैशाख २५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग


काठमाडौं—त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ । शुक्रबार विभिन्न ८ वटा विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आव्हान गरेको छ ।

समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी वौद्ध विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त माग गरेको छ । यस्तै, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति छनोटका लागि पनि दरखास्त माग गरिएको छ ।

समितिले २४ बैशाखमा स्वीकृत विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धि एकीकृत कार्यविधि, २०८३ बमोजिम दरखास्त माग गरेको हो । समितिले इच्छुक तथा योग्य व्यक्तिलाई १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत दरखास्त दिन भनिएको छ ।

सरकारले ७ वटा विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीलाई अध्यादेशबाट पदमुक्त गरेको थियो भने त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीले अध्यादेश आउनु अगावैं राजीनामा दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ