२०८३ वैशाख २८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म

बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

बालेन्द्र शाह नेतृत्वको सरकारले स्वास्थ्य नीतिमा १७ बुँदे नीति तय गरेको छ ।

यस्ता छन् स्वास्थ्यका १७ बुँदा

१. देशभर आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागु गर्दै आवश्यक जनशक्ति, औषधि, उपकरण र पूर्वाधारसहितको एकीकृत सेवा मोडल कार्यन्वयन गरिनेछ ।
२. स्वास्थ्य सेवालाई लागत प्रभावकारी र नागरिक मैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिनेछ ।
३. सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवकको संख्या र सेवाको दायरा विस्तार गरिनेछ ।
४. स्वास्थ्य बीमा कार्यक्रम पुनसंरचना गरिनेछ ।
५. टेलिहेल्थ प्लेटफर्ममार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श उपलब्ध गराइनेछ ।
६. रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल तथा स्वास्थ्य सेवा गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यान प्राधिकरण स्थापना गरिनेछ ।
७. जैविक अध्ययन, सार्वजनिक स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रण क्षमता सुदृढ गर्न संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिनेछ ।
८. क्यान्सरलगायत नसर्ने रोग नियन्त्रण उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यन्वयन गरिनेछ ।
९. मानसिक स्वाथ्य सार्वजनिक स्वास्थ्य सेवाको अभिन्न अंगका रुपमा स्थापित गर्दै मानसिक स्वास्थ्य नीति कार्यन्वयन गरिनेछ ।
१०. योग, ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्रवर्द्धन गरिनेछ ।
११. अत्याधुनिक अपांगता पुनस्थापना केन्द्रहरुको स्थापना गरी प्रोस्थेटिक, फिजियोथेरापीलगायतका विशिष्टीकृत सेवाहरु उपलब्ध गराइनेछ ।
१२. अपांगताको प्रारम्भिक पहिचान, शीघ्र हस्तक्षेप र पुनस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसँग आवद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिनेछ ।
१३. वौद्धिक अपांगता भएका बालबालिकाका लागि सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
१४. स्वास्थ्य जनशिक्त विकास गर्न एकीकृत मानव सशाधन प्रणाली विकास गरिनेछ ।
१५. आयुर्वेद, प्राकृतिक र वैकल्पिक उपचार पद्धति वैज्ञानिक आधारमा संस्थागत गरिेनेछ ।
१६. नेपाल औषधिको लिमिटेडको स्तरोन्नती गरिनेछ ।
१७. स्वदेशी औषधि उत्पादनलाई प्रवर्द्धन गरिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ