२०८३ जेठ ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५० औषधि उधोग ‘सिक युनिट’को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी

५० औषधि उधोग ‘सिक युनिट’को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी

नेपालमै ‘कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ’को नीति ल्याउन सरकारलाई आग्रह


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले करिब ५० वटा स्वदेशी औषधि उधोग ‘सिक युनिट’को अवस्थामा पुगेको बताएका छन् । बुधबार फेसबुकमा स्टाटस लेख्दैं शाहीले नेपालको औषधि उद्योग गम्भीर संकटमा रहेको बताएका छन् ।

‘नेपालको औषधि उद्योग आज गम्भीर संकटमा छ। अत्याधिक आयात र कमजोर नीतिका कारण करिब ५० स्वदेशी औषधि उद्योग ‘सिक युनिट’को अवस्थामा पुगेका छन्,’ उनले भनेका छन्, ‘१० हजारभन्दा बढी नेपाली कामदार बेरोजगार बन्न बाध्य भएका छन्।’

सांसद शाहीले नेपालमै उत्पादन गर्न सकिने करिब ५० प्रतिशत औषधि विदेशबाट आयात भइरहेको बताउँदैं यसले स्वदेशी उद्योग मात्र होइन, देशको आत्मनिर्भरता र रोजगारीमाथि पनि ठूलो प्रहार गरेको बताए ।

‘यदि आज स्वदेशी उद्योग जोगाउन सकिएन् भने भोलि हामी पूर्ण रूपमा विदेशी औषधिमाथि निर्भर हुनुपर्ने अवस्था आउन सक्छ’ शाहीले भनेका छन्, ‘त्यसैले सरकारले तत्काल आयात नियन्त्रण, स्वदेशी उत्पादन प्रवर्द्धन र नेपालमै ‘कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ’को नीति ल्याउन नेपाल सरकारलाई हार्दिक अपिल गर्दछु।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ