२०८३ जेठ १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ?

स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ?


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका उच्च अधिकारीहरुको सम्पत्ति छानविन सुरु भएको छ । सम्पत्ति छानविन आयोगको पत्रअनुसार स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका बहालवाला र अवकासप्राप्त उच्च अधिकारीहरुको सम्पत्ति विवरण संकलन सुरु गर्न मातहतका निकायमार्फत संकलन सुरु गरेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार वि.सं. २०६३ सालपछिका राजपत्रांकित पहिलो श्रेणीका स्वास्थ्यका उच्च अधिकारीहरुको सम्पत्ति छानविन हुने भएको छ । यसअन्तर्गत स्वास्थ्य सेवाअन्तर्गत ११ औं तह र त्यो भन्दा माथिका उच्च अधिकारीहरुको सम्पत्ति छानविन हुनेछ । यस्तै, वि.सं. २०६३ पछि स्वास्थ्य मातहतका निकायहरुमा महानिर्देशक, कार्यलय प्रमुख, निर्देशक रहेका ९ औं र १० औं तहका अधिकारीहरुको सम्पत्ति विवरण पनि मन्त्रालयले संकलन गरिरहेको छ ।

‘सम्पत्ति छानविन आयोगको पत्रअनुसार सबै कार्यलयहरुलाई लिखित र मौखिक निर्देशन दिइसकिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘स्वास्थ्यका रिटायर्ड र बहालवाला उच्च अधिकारीहरुको सम्पत्ति विवरण संकलन कार्य सुरु भइसकेको छ ।’

१२ जेठमा मन्त्रालयले मातहतका सबै प्रतिष्ठानहरु, अस्पतालहरुलगायतका निकायहरुलाई पत्राचार गर्दै तीन दिनभित्र सम्पत्ति विवरण पठाउन भनेको छ ।

‘आर्थिक वर्ष २०६२/०६३ देखि आर्थिक वर्ष २०८२/०८३ चैत मसान्तसम्मको रा.प. प्रथम श्रेणी वा सो सरह वा सोभन्दा माथिका र कार्यलय प्रमुखको जिम्मेवारी सम्हालेका रा.प.प्रथम श्रेणी वा सो सरहको पदमा बहालवाला तथा अवकासप्राप्त पदाधिकारी/कर्मचारीहरुको (आ.व. २०४८ अगाडि सेवा प्रवेश गरी आ.ब. २०६२/०६३ सालपछि अवकाश भएका कर्मचारीहरुको हकमा समेत)को सम्पत्ति विवरण संकलन, छानविन र प्रतिवेदन गर्ने प्रयोजनका लागि पदाधिकारी कर्मचारीको नाम, थर, वतन, टेलिफोन नम्बर, मोबाइल नम्बर, इमेल ठेगाना समेत खुलाई सोको विवरण ३ दिनभित्र यस मन्त्रालयको इमेल [email protected] मा सफ्ट कपीसहित पठाइदिनुहुन आदेशानुसार अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ