२०८३ जेठ १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा

कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा


वीरेन्द्रनगर— कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतले सार्वजनिक बिदाका दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिनहरुमा पनि ओपीडी सेवा सञ्चालन गर्ने जनाएको हो ।

गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने संक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा/उधौली पर्व, क्रिसमस डे, तमु ल्होछार, पृथ्वी जयन्ती, माघे संक्रान्ति, प्रजातन्त्र दिवस, नारी दिवस, ग्याल्पो ल्होसार, ईद–ईद उल फित्र र बकर इद (इद उल अजहा)जस्ता सार्वजनिक बिदाका दिनमा ओपीडी सेवा दिने अस्पतालले जनाएको छ ।

नेपाल सरकारले आकस्मिक रुपमा बिदा घोषणा गरेका शनिबार र आइतबार बाहेकका अन्य दिन ओपीडी सेवा दिने अस्पताल निर्देशक डा. गणेश थापाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ