२०८३ जेठ १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ?

स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ?

नर्सको रात्री भत्ता दोब्बर बनाइयो, स्वास्थ्य बीमा कार्यक्रमलाई १५ अर्ब बजेट


काठमाडौं—सरकारले बजेटमार्फत स्वास्थ्यमा नीतिगत फ्डको मार्ने लक्ष्य राखेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएका छन् । उनले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न बताउँदैं स्वास्थ्यमा १०१ अर्ब ९५ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिए ।

कहाँ कति बजेट ?

१. स्वास्थ्य बीमा कार्यक्रमलाई १५ अर्ब बजेट

२. विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निःशुल्क औषधिलगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ

३. रोगको बदलिदो प्रकृति,  भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्ने ।

४. निर्माण सुरु भएका ३३६ आधारभूत अस्पताललाई आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने ।

५. मानव विकास सुचांकाक कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण सुरु गर्ने र निर्माण सुरु नभएका हकका वैज्ञानिक नक्सांकन पश्चात मात्र निर्माण गर्ने

६. आधारभूत अस्पताल सञ्चालन र पूर्वाधारका लागि ५ अर्ब ९० करोड

७. स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि ‘राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण’ स्थापना गर्ने

८. कर्णाली र सुदूरपश्चिमलगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेसनमार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्ने

९. संघीय विशिष्टीकृत अस्पताल जलन उपचार युनिटको स्थापना गर्ने, जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्ने

१०. मधेश प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरु गर्ने

११. बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने

१२. नागरिकस्तरबाट स्थापना भई अन्तर्राष्ट्रिस्तरमै अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थालाई प्रोत्साहित गर्ने । यसअन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्तरोन्नती गर्न बजेट

१३. तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादन गर्न प्रोत्साहित गर्न कर छुट प्रदान

१४. हाई अल्टीच्युड सिकनेस उपचार सेवा विस्तार गर्ने

१५. महामारी रोकथाम तथा प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्ने

१६. देशभित्र उत्पादन वा आपूर्ति औषधि हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामाग्रीहरुको गुणस्तर र नियमन सुनिश्चित गर्न फुड एण्ड ड्रग्स एडमिनिष्ट्रेशन स्थापना गरिने ।

१७. सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा रियल टाइम अनुगमनका लागि ‘एक नागरिक, एक डिजिटल प्रोफाइल’ प्रणाली कार्यन्वयनमा ल्याइने

१८. सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्ने

१९. राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नती गरिने

२०. विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान, साइक्लोटोन मेसिन खरिद तथा जडान गर्न पुँजीगत अनुदानका लागि ३२ करोड बिनियोजन

२१. राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानिलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरास्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सासहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई राष्ट्रिय पर्यटनसँग जोड्ने

२२. मधेश प्रदेशको नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल र रामराजप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाइने

२३. कर्णाली प्रदेशका दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सुरु गरिने

२४. नर्सिङ कर्मचारीहरुको रात्री ड्युटी भत्ता दोब्बर

२५. महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदैं आएको यातायात खर्च ५० प्रतिशत वृद्धि


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ