२०८३ जेठ २२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी

समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी


काठमाडौं—चितवनका फिजिसियन डा. भोजराज अधिकारीले नेपाली कम्युनिष्ट पार्टी छाडेको घोषणा गरेका छन् । शुक्रबार विहान फेसबुकमार्फत उनले समाजसेवामा अझ बढी मुखरित हुन राजनीतिक आवद्धताबाट निष्क्रिय भएको घोषणा गरेका हुन् ।

‘पेशागत क्षेत्रमा मेरो दक्षता र योगदानलाई अझ बढी समाजसेवामा मूखरित हुने गरी र यसैमा आगामी समय बढी समर्पित गर्ने गरी वर्तमान राजनीतिक आबद्धताबाट आजकै मितिले निष्क्रिय हुँदैंछु,’ डा. अधिकारीले भनेका छन्, ‘आजसम्मको राजनीतिक यात्रामा प्राप्त, ज्ञान, दर्शन र भूमिकाप्रति सम्मान छ।’

डा. अधिकारीले इतिहासबाट सिक्नुपर्ने बताउँदैं समकालीन समाजको सबैभन्दा अग्रगामी सोच र प्रशिक्षणबाट हुर्केकाले त्यो कालखण्डप्रति सम्मान रहेको समेत बताएका छन् । ‘तर, समय अब कुनै वादको आइडिओलोजीभन्दा विकासवादको प्रतिस्पर्धामा छ । पेशागत कर्मसँगै समाजसेवाका अन्य आयामबाट सचेत नागरिकको रूपमा योगदान दिने नै छु,’ उनले भनेका छन्, ‘राजनीतिक रुपमा म संलग्न सबै पद र सक्रिय दायित्वहरुबाट भने अलग हुने निर्णय गरेको छु।’

डा. अधिकारी लामो समय नेकपा माओवादी निकट थिए । कक्षा आठमा पढ्दै गर्दा अखिल क्रान्तिकारीको सदस्य भएको उनी ६२ सालमा माअ‍ोवादी पार्टीको सदस्य भएका थिए । उनले माओवादी पार्टीको स्वास्थ्य विभागको उपसंयोजक, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्ष, भरतपुर अस्पताल विकास समिति अध्यक्षका रुपमा पनि काम गरेका थिए ।

डा. अधिकारी वि.सं.२०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट चितवन—३ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत बनेका थिए । तर, चितवन ३ मा राप्रपाका विक्रम पाण्डेसँग उनी पराजित भए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ