२०८३ जेठ २७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस सेवासम्म विस्तार हुने

नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस सेवासम्म विस्तार हुने


काठमाडौं—नबिल बैंक र धुलिखेल अस्पतालबीच नेपालमा अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार नबिल बैंकले अस्पताललाई ६ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। उक्त सहयोग रकम बर्न केयर, कृत्रिम अंग जडान , पुनःस्थापना र डायलासिस सेवाको विस्तारमा खर्च गरिनेछ । साथै, धुलिखेल अस्पतालमा १० शय्याको अत्याधुनिक बर्न केयर युनिट स्थापना गरिने भएको छ ।

अस्पतालकाअनुसार यस कार्यक्रममार्फत बर्न केयर तथा सम्बन्धित स्वास्थ्य सेवाहरूको पहुँच धुलिखेलमा मात्र सिमित नराखी अन्य प्रदेशहरूमा समेत विस्तार गरिनेछ । यसले जलनका बिरामी, अपांगता भएका व्यक्ति तथा मिर्गौला रोगीहरूलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ । बैंक र अस्पतालबीचको यो सहकार्यले देशभरका हजारौं बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ