२०८३ जेठ २७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग

स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग


काठमाडौं—स्वास्थ्य सेवासँग सम्बद्ध ११ पेशागत तथा व्यवसायिक संगठनहरुले सरकारसँग शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट प्रक्रिया रद्ध गर्न माग गरेका छन् । बुधबार शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेललाई ज्ञापनपत्र बुझाउँदैं ती संघ संगठनहरुले मुलुककै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गरी स्वास्थ्य क्षेत्रको विज्ञको संयोजकत्वमा सिफारिस समिति गठन गर्न माग गरेका हुन् ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐनमा गम्भीर त्रुटिहरुको रहेको उल्लेख गर्दै तीन संघ संगठनहरूले विश्वविद्यालय सञ्चालन र भविष्यमा हुन सक्ने नकारात्मक परिस्थितीलाई मध्यनजर गर्दै उक्त ऐन संशोधनको माग समेत गरेका छन् । ऐनमा रहेका सभाको गठनमा हाल रहेका २५ सदस्यमध्ये ८ जनामात्रै स्वास्थ्य क्षेत्रको समेटिएको भन्दैं यसमा स्वास्थ्यमा क्रियाशील १७ वटा पेशागत तथा विषयगत संघ संगठनका अध्यक्ष र परिषद्का अध्यक्षहरु समेट्न माग गरेका छन् ।

यस्तै, उपकुलपति, डिनको योग्यतामा पिएचडी/डिएम/एमसीएच हटाएर कम्तिमा स्नातकोत्तर तह वा सोभन्दा माथिको उपाधि तथा प्राध्यापक भएको हुनुपर्ने राख्नुपर्ने माग ती संघ संगठनहरुले गरेका छन् । यसैगरी, उनीहरुले विश्वविद्यालयको पदपूर्ति समितिको संयोजक स्वास्थ्य विज्ञ अनिवार्य हुनुपर्नेलगायतका माग गरेका छन् । ती ११ वटा संघसंस्थाहरुले मागहरु सम्बोधन भएर देशव्यापा चरणवद्ध आन्दोलन गर्ने चेतावनी सरकारलाई दिएका छन् ।

७ जेठमा शिक्षा तथा खेलकूद मन्त्रालयले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्तिको प्रक्रिया अगाडि बढाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ