२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि २३ करोृड रकम रुपैयाँ बजेट विनियोजन गरिएको छ । सोमबार कर्णाली प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८३/८४ मा प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन २३ करोड रुपैयाँ विनियोजन गरेको हो ।

अस्पतालमा पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापन गर्न थप आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए ।

‘दैलेख अस्पतालमा मिर्गौला डायलासिस सेवा विस्तार गरिनेछ भने जलन उपचारका लागि प्रदेशमै व्यवस्था गर्न चार करोड रुपैयाँ छुट्याइएको छ,’ उनले भने, ‘सुत्केरी पोषण भत्तालाई निरन्तरता दिइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ