काठमाडौं—जलवायु परीवर्तनले बालबालिकामाथि असर पारिरहेको सरोकारवालाहरुले बताएका छन् । शुक्रबार ट्रिपल मिडियाले काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा कार्यक्रममा सरोकारवालाहरुले जलवायु परीवर्तनले बालबालिकासँगै अन्य क्षेत्रमा समेत प्रभाव परिरहेको बताएका हुन् ।
जलवायु बिज्ञ मन्जित ढकालका अनुसार जलवायु संकटले कृषि, पर्यटन, जलविद्युतसँगै रेमिट्यान्स समेत असर पारिरहेको बताए । ‘नेपालसँगै विश्वमा पृथ्वीको तापक्रम बढेसँगै हिमाली क्षेत्रमा समेत प्रभाव परेकोले बालबालिका, महिलासँगै अपाङ्गता भएका ब्यक्ति समेत प्रभावित भएका छन्,’ उनले भने ।
त्यसैगरी, जलवायु परिवर्तन, तापक्रम वृद्धिसँगै वातारबण प्रदुषणले स्वास्थ्य थप जोखिम निम्त्याएको स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमाकुमारी रिजालले बताइन् । ‘जलवायु परिवर्तनको कारणले श्वास प्रश्वास, मुटु, बच्चा समय नपुगी जन्मिनुका साथै कम तौलको हुने गरेका छ,’ उनले भनिन् ।
सो कार्यक्रममा जलवायु परिवर्तनको मानव अधिकारकाका क्षेत्रमा परेको असरसमेतका विषयमा अन्तरक्रिया गरिएको थियो ।
मानव अधिकार आयोगका दिपकबहादुर सिंहले जलवायु परिवर्तनले महिला, बालबालिका, अपाङ्गता भएका ब्यक्ति र आदिवासी जनजाती, सिमान्तकृतसँगै प्रकृतिमा आधारित जीविकोपार्जन गर्ने समुदाय बढी प्रभावित भइरहेको बताए ।
सो कार्यक्रममा उपस्थित पत्रकारहरुलाई पत्रकार दिपक अधिकारीले जलवायु रिपोर्टिङ र प्रभावित मानव समु्दायसँगै जलवायुको जोखिममा रहेका बालबालिका र जलवायु परिवतनको जोखिम र रिपोर्टिङ सम्बन्धी प्रशिक्षण दिएका थिए ।