२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान

दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान

तीन वटा भ्यान प्रदेशलाई, दुई वटा स्वास्थ्य सेवा विभागमै


काठमाडौं —नेपाल सरकारलाई खोप ढुवानीको लागि प्रयोग हुने विभिन्न दातृ निकायमार्फत ५ वटा अत्याधुनिक भ्यान प्राप्त भएका छन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाकाअनुसार गाभीले युनिसेफमार्फत ४ वटा र एएचआई ६० बाट १ भ्यान प्राप्त भएको जनाएको छ ।

व्यवस्थापन महाशाखाका निर्देशक केशवराज पण्डितले दातृ निकायबाट प्राप्त खोप ढुवानीको लागी प्रयोग हुने भ्यान आवश्यक दर्ता प्रक्रिया पूरा गरी सुदूरपश्चिम, कोशी, र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए ।

‘हाललाई २ भ्यान विभागमै राखिएको छ,’ उनले भने, ‘अन्य प्रदेशलाई हस्तान्तरण गरिएको छ । आवश्यकताअनुसार थप हस्तान्तरण गर्छौ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ