२०८३ साउन ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशप्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु

प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु


धनगढी —प्रा. डा. गोविन्द केसी पाँच बुदे माग राख्दैं २४ औं अनशनमा सुरु गरेका छन् ।  बिहीबारबाट धनगढी उपमहानगर—१ स्थित कृष्ण मन्दिरको धर्मशालामा उनले अनशन सुरु गरेका हुन् ।

अनशन बस्नुअघि बुधबार विज्ञप्ती जारी गर्दै उनले ५ बुँदे माग सरकार समक्ष प्रस्तुत गरेका थिए । जसमा सुदूरपश्चिमको कैलाली गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका गरिएको नियुक्ति स्वार्थपरक भएको भन्दैं खारेज गर्न माग गरेका छन् ।

यस्तै, डा केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरुमा सिटी वृद्धि गर्ने निर्णय र प्रस्तावहरु खारेज गर्न, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुन शीघ्र कार्यन्वयन गर्न माग गरेका छन् ।

प्रा.डा. केसीले सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरिनुपर्ने, २०८२ भदौ २३ र २४ गते भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारवाही गरिनुपर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने माग अघि सारेका छन् ।

उनले विगतका सरकारहरुसँग भएका लिखित सहमतिहरु कार्यान्वयन गर्नेलगायतका माग सरकारसँग गरेका छन् । यअसघि प्रा.डा. केसीले आफ्ना मागहरु कार्यान्वयन गर्न सरकारलाई पाँच दिनको समयसीमा दिएका थिए । तर, उक्त समयमा सरकारले उनको माग पूरा गर्न कुनै पहल सुरु नगरेपछि प्रा.डा. केसीले अनशन सुरु गरेका हुन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ