काठमाडौं—डा. दिपेन्द्र पाण्डेले नेपाल मेडिकल काउन्सिलमा निमित्त रजिष्ट्रारको जिम्मेवारी सम्हालेको तीन महिनामा ४० वटा सुधारका पहल गरेको रिपोर्ट कार्ड नवनियुक्त अध्यक्षलाई बुझाएका छन् । तीन महिनाअघि काउन्सिल रजिष्ट्रारबिहीन रहेका बेला डा. पाण्डेले निमित्त रजिष्ट्रारका रुपमा काउन्सिलको नेतृत्व गरेका थिए ।
निमित्तका रुपमा पछिल्लो तीन महिनाको अवधिमा सुशासन, पारदर्शिता, डिजिटल सेवा, चिकित्सा अभ्यासको नियमन तथा व्यावसायिक मर्यादा कायम गर्ने दिशामा महत्वपूर्ण सुधारात्मक पहलहरू अघि डा. पाण्डेले अध्यक्षलाई बुझाएको पत्रमा छ ।
उनका सुधारका कार्यहरुमा काउन्सिलको पूर्ण बैठकमा निर्णय सार्वजनिक गर्ने अभ्यास सुरु गर्नेदेखि चिकित्सक लाइसेन्स परीक्षाको स्वच्छता र पारदर्शिता कायम गर्न देश तथा कलेजअनुसारको नतिजा सार्वजनिक गर्ने व्यवस्था अघि बढाइएको उल्लेख छ । यस्तै, आर्थिक पारदर्शिता कायम गर्न आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक तथा बाह्य लेखापरीक्षणका लागि सार्वजनिक रूपमा प्रस्ताव आह्वान गरिएको डा. पाण्डेले उल्लेख गरेका छन् ।
उनले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले उजुरी ट्र्याकिङ प्रणालीसहितको ‘हेलो एनएमसी’ डिजिटल पोर्टल सञ्चालनमा ल्याइएको, काउन्सिलमा दर्ता भएका चिकित्सकहरूको एकीकृत डिजिटल प्रोफाइल तयार गरी नेशनल मेडिकल रजिष्ट्री निर्माण गर्ने प्रक्रिया अघि बढाइएको, वेबसाइटमा विशेषज्ञ चिकित्सकहरूको विशेषज्ञ डिग्रीसमेत अद्यावधिक गर्ने काम सुरु गरिएको उपलब्धि रुपमा उल्लेख गरेका छन् ।
डा. पाण्डेले आफू निमित्त रजिष्ट्रार हुँदा अवैध चिकित्सा अभ्यास नियन्त्रणका लागि ‘अवैध चिकित्सा अभ्यास नियन्त्रण कार्यविधि २०८३’ तयार गरी स्वीकृतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पेश गरिएको, अवैध चिकित्सा अभ्यास सम्बन्धि गुनासो र उजुरीमाथि तत्काल कारवाही हुने व्यवस्था गरिएको उल्लेख गरेका छन् ।
उनले चिकित्सकहरूको व्यावसायिक मर्यादा कायम गर्न सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारसंहिता जारी गरी सक्रिय अनुगमन सुरु गरिएको, अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गर्ने तथा भ्रमपूर्ण विज्ञापन गर्नेहरूमाथि समेत स्थलगत र डिजिटल अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाइएको रिपोर्ट कार्ढमा उल्लेख गरेका छन् ।
२९ बैशाखमा डा. पाण्डे काउन्सिलको निमित्त रजिष्ट्रार नियुक्त भएका थिए ।
यस्ता छन् ४० सुधारका काम
Screenshot
Screenshot
Screenshot
Screenshot