२०८३ भदौ ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार

ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार


विराटनगर—विराटनगरस्थित न्यूरो हस्पिटल र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरबीच सहुलियतमा स्वास्थ्य उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । मंगलबार राजयोगिनी दादी प्रकाशमणिज्यूको १९औँ पुण्यतिथिको अवसर पारेर दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा न्यूरो हस्पिटलका अपरेसनल डाइरेक्टर राजेश भट्टराई र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कोशी प्रदेशकी प्रमुख गीता दिदीले हस्ताक्षर गरेका छन् ।

विगत २५ वर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको न्यूरो हस्पिटलमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरका सदस्य तथा कर्मचारीले न्यूरो हस्पिटलमा विभिन्न स्वास्थ्य उपचारमा सहुलियत पाउनेछन् ।

कार्यक्रममा न्यूरो हस्पिटलका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रसँग व्यवस्थित रूपमा स्वास्थ्य सेवामा सहकार्य गर्न पाउँदा अस्पताल परिवार खुसी भएको बताए ।

कसैको पनि स्वास्थ्यमा समस्या नआओस् र अस्पताल आउनुपर्ने अवस्था नहोस् भन्ने हाम्रो चाहना हो । तर, यो प्रकृतिको नियम हो । अस्पताल आउनुपर्ने अवस्था आए हामी सेवा दिन तयार छौँ,’ उनले भने ।

सोही अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले खुला रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । केन्द्रले कोशी प्रदेशबाट १ हजार ५ सयभन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको जनाएको छ । रक्तदान कार्यक्रम अहिले जारी रहेको आयोजकले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ