काठमाडौं—कलंकीस्थित सहिद मेमोरियल अस्पतालले बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) समिर शर्माकाअनुसार १९ मंसिरमा अस्पतालको प्राणगणमा आयोजना हुने बृहत निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ परामर्श सेवा निःशुल्क प्रदान गरिनेछ ।
उनकाअनुसार शिविरमा हाडजोर्नी तथा नसा रोग, जनरल फिजिसिन, युरोलोजी, छाला तथा यौन रोग र दन्त तथा गिजा रोक सम्बन्धि विशेषज्ञ सेवा उपलब्ध हुनेछन् ।
शिविरमा निःशुल्क औषधि र मधुमेह परीक्षण गरिने अस्पतालले जनाएको छ । यस्तै, अन्य सेवामा २५ प्रतिशतसम्म छुट हुनेछ ।
शिविर विहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।