२०८२ माघ २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटआपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा

आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा


काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा काठमाडौंको रिङरोडभित्र गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि मात्र लागु हुने जनाइएको छ । यो सेवा माघ एक गतेदेखि सुरु भएको छ । यो सेवा सातै दिन २४ सै घण्टा सञ्चालन हुने जनाइएको छ ।

नर्भिकले आपतकालीन अवस्थामा बिरामी वा घाइतेलाई छिटो र सुरक्षित उद्धार गरी विश्वासिलो उपचार सेवा प्रदान गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ