२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनपीए निर्वाचनका लागि ललितमोहनको टिमद्धारा १२ बुँदे प्रतिवद्धता : फार्मेसिष्टहरुको सरकारी दरबन्दी बढाउन पहल गर्ने

एनपीए निर्वाचनका लागि ललितमोहनको टिमद्धारा १२ बुँदे प्रतिवद्धता : फार्मेसिष्टहरुको सरकारी दरबन्दी बढाउन पहल गर्ने


काठमाडौं-नेपाल फर्मास्युटिकल्स एशोसिएसन (एनपीए)को २३ औं कार्यसमितिका निर्वाचनका लागि ललितमोहन पन्तको टिमले प्रतिवद्धता सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममाझ उक्त टिमले १२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

जसमा सात वटै प्रदेशमा प्रादेशिक कार्यसमिति स्थापना गर्ने, फार्मेसिष्टको सरकारी दरबन्दी बढाउन पहल गर्ने, प्राइमरी हेल्थकेयरमा फार्मेसिष्टको विज्ञता समुचित प्रयोग गर्न आवश्यक जब डिस्क्रीप्सनसहित नीति नियम बनाउन पहल गर्ने र इन्टरनेशनल फर्मास्युटिकल्स फेडरेसन (एफआईपी) र एफएपीएसँग सहकार्य गर्ने उल्लेख छ ।

यस्तै, ललितमोहनको टिमले औपचारिक शिक्षा पश्चात निरन्तर सीप विकास गर्न फार्मेसी परिषद्सँग सम्झौता गर्ने, औषधिबजार आयातामुखीबाट निर्यातमुखी बनाई फार्मेसी रोजगारी बढाउन प्राविधिक क्षमता बढाउने र नीतिगत कार्य गर्न पहल गर्ने, सबै विश्वविद्यालय फार्मेसीको पाठ्यक्रममा एकरुपता ल्याउन पहल गर्ने, औषधि सम्बन्धी कार्यको लागि फार्मेसिष्ट निर्विकल्प पेशाकर्मीका रुपमा स्थापना गर्ने फार्मेसिष्टहरुको कुनै पनि पेशागत समस्यालाई समाधान गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

एन.पी.ए. को २३औं कार्य समितिका लागि प्रतिबद्धदता पत्र

  • नेपाल फर्मास्युटिकल एसोसिएसनको ३८ औं साधारण सभाले दिएको म्यान्डेट अनुसार सात वटै प्रदेशमा प्रादेशिक कार्य समिति स्थापना गर्ने।
  • फार्मेसी पेशाका सबै विधाहरुलाई एकिकृत गरि विधा अनुरुपको बिषय समिति निर्माण गरि हरेक विधाहरुको समस्या पहिचान एवंम समाधानको पहल गर्ने |
  • फार्मेसिस्ट को सरकारी सेवामा संधीय संरचना अनुसार दरबन्दी सृजना गर्ने साथै गैर सरकारी संस्थाहरुमा समानजनक पद सृजनाका लागि पहल तथा पैरवी गर्ने
  • राज्यद्वारा संचालित सामुदायिक फार्मेसीको परिकल्पनालाई पहल गर्ने र सो फार्मेसीबाट सर्वसुलभ रुपमा फार्मेसी सेवा उपलब्ध गराउने र राज्यद्वारा संचालित विमा सेवालाई लागु गर्ने |
  • फार्मेसी पेशाको सम्मानजनक पारिश्रमिकको लागि वकालत गर्ने |
  • Primary health care मा फार्मेसिस्टको बिज्ञताको समुचित प्रयोग गर्न आवश्यक job description सहित नीति नियम बनाउन पहल गर्ने।
  • International Pharmaceutical Federation (FIP), FAPA लगायत संघ संस्थासंग समन्वय बढाएर नेपालका फार्मेसिस्टहरुलाई अन्तर्राष्ट्रिय अभ्यासमा पोख्त बनाउने।
  • औपचारिक शिक्षा पश्चात पनि निरन्तर शिप बिकाश गर्न Continual Professional Development को लागि नेपाल फार्मेसी परिषद संग MOU को पहल गर्ने
  • स्वदेशी औषधि उद्योगलाई प्राबिधिक क्षमता बढाउने तथा नीतिगत बहस गरि स्वदेशी उत्पादनलाई आत्मनिर्भरका लागि पहल गर्ने।
  • बजारमा फार्मेसी पेशा को आवश्यकता अनुसार बिश्वविद्यालयको फार्मेसी पाठ्यक्रममा Skill based curriculum लाई समयानुकूल परिमार्जन गर्ने ।
  • औषधि सम्बन्धि कार्यको लागि फार्मेसिस्ट निर्विकल्प पेशाकर्मीको रूपमा स्थापना गर्ने।
  • फार्मेसिस्टहरुको कुनै पनि पेशागत समस्यालाई समाधान गर्ने।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ