२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्पोरेट ∕ ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि

३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि


काठमाडौं—थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । आइतबार थापाथलीस्थित अस्पताल क्षेत्रबाट सुरु भएको प्रभातफेरि कार्यक्रम त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै पुनः अस्पतालमै आएर टुंगिएको थियो ।

प्रभातफेरिमा नर्भिक अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । प्रभातफेरिमा सहभागीहरुले विभिन्न स्वास्थ्यसँग सन्देशमूलक नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

नर्भिकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यतापूर्वक मनाइरहेको छ । सोमबार अस्पताल परिसरमै वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम पनि राखिएको छ ।

यसैबीच, नर्भिक अस्पतालले ३० औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुटको घोषणा गरिएको छ ।

यसैगरी, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट, म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले पत्रकार परिवारका लागि समेत विशेष हेल्थ प्याकेज ल्याइने यसअघि नै घोषणा गरिसकेको छ ।

वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले काठमाडौंभित्र र बाहिर गरी ४ वटा विशेष स्वास्थ्य शिविर समेत आयोजना गर्दैछ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ