२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा कोभिड-१९ संक्रमितको संख्या ५ पुग्यो

भारतमा कोभिड-१९ संक्रमितको संख्या ५ पुग्यो


नयाँ दिल्ली–दुई महिनाअघि उत्तरी छिमेकी राष्ट्र चीनबाट फैलिएको कोभिड–१९ संशारका ८९ देशमा फैलिसकेको छ ।नेपालसँग खुला सिमाना रहेको दक्षिणी देश भारतमा समेत ५ जना यो भाइरसबाट संक्रमित भएको पुष्टी भएको छ । खुल्ला सिमानाका कारण भारतमा संक्रमितको संख्या बढेसँगै नेपालमा पनि जोखिम बढेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो पटक राजधानी नयाँ दिल्लीमा एक जनामा यो रोगको भाइरस प्रमाणित भएको हो । इटालीबाट आएका ती व्यक्तिमा कोभिड -१९ भाइरस देखिएसँगै दिल्लीमा देखिएको पहिलो केस हो भने भारतभरमा ५ जनामा पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार तेलंगना राज्यमा थप १ जनामा यो भाइरस पुष्टी भएर आइसोलेसनमा उपचाररत छन् । यस अघि केरोला राज्यमा तीन जनामा यसको संक्रमण देखिएको थियो । उनीहरु उपचारपछि घर फर्किसकेको जनाइएको छ ।

चीनमा यो भाइरस कारण ८९ हजार भन्दा बढी संक्रमित भएका छन् भने ३ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
नेपालमा हालसम्म १ जनामा यो भाइरस पुष्टी भएको छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ