२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटभिजिट नेपाल–२०२० लाई मध्यनजर गर्दै नेपाल नेशनल अस्पतालद्धारा निःशुल्क ओपिडी सेवा सुरु

भिजिट नेपाल–२०२० लाई मध्यनजर गर्दै नेपाल नेशनल अस्पतालद्धारा निःशुल्क ओपिडी सेवा सुरु


काठमाडौं-भिजिट नेपाल–२०२० लाई मध्यनजर गर्दै नेपाल नेशनल अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२० को सुरुदेखि निःशुल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको छ । वरिष्ठ चिकित्सकहरुद्धारा उपचार हुने उक्त अस्पतालले आम व्यक्तिको स्वस्थ्य आफ्नो पनि दायित्व रहेको भन्दै उक्तसेवा सञ्चालनमा ल्याएको हो ।

यसका साथै अस्पतालले अन्य उपचार सेवामा समेत १० देखि १५ प्रतिशतसम्म छुटको ब्यवस्था गरेको जनाएको छ ।

भर्खरै शुरु भएको अंग्रेजी नयाँ वर्ष सँगसँगै नेपालमा चलिरहेको ‘भिजिट नेपाल–२०२०’ को अभियानलाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक डा. प्रकाश पौडेलले हेल्थ आवाजलाई बताए । स्वास्थ्य पनि यात्रा तथा मनोरञ्जन क्षेत्रको एक महत्वपुर्ण पाटो बताउँदै उनले सो अवसर विशेषगरी प्रत्येक स्वदेशी तथा विदेशी पर्यटकहरुप्रति समर्पित रहेको बताए ।

‘नेपाल सरकारले भिजिट नेपाल–२०२० को अभियान चलाइरहँदा स्वास्थ्य क्षेत्रमा भने खासै ध्यान दिएको देखिदैन । त्यसैले पनि अधिकांश पर्यटकलाई यहाँ आएपछि उनीहरुमा शारीरिक समस्या देखा परेमा कहाँ जाने भन्ने अन्योलता तथा चिन्ता दूर गर्नको निम्ति पनि सर्वसुलभ रुपमा यो अफर प्रदान गरिएको हो,’ उनले भने ।

पर्यटकहरुलाई लक्षित गरेर ल्याइएता पनि अस्पतालको उक्त अवसरबाट प्रत्येक ब्यक्तिले सेवा प्राप्त गर्न सक्ने निर्देशक डा. पौडेलले प्रस्ट्याए । वर्षदिनसम्माका निम्ति सञ्चालनमा ल्याइएको उक्त अफर वर्षका प्रत्येक बुधवारका दिन खुला रहनेछ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ