२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबिरामी उद्धारमा नि:शुल्क ‘एम्बुलेन्स सेवा’

बिरामी उद्धारमा नि:शुल्क ‘एम्बुलेन्स सेवा’


पोखरा–पोखरा औद्योगिक क्षेत्रका एक बिरामीलाई क्षेत्रीय अस्पतालमा पु¥याइयो । उनलाई उपचारपछि स्वास्थ्यमा सुधार भएको भनी घर फर्काइयो । २ दिनपछि राति सबा २ बजेतिर उनलाई बिमारले च्याप्यो । कास्की कांग्रेसका सचिव तथा नि:शुल्क यातायात सेवाका संयोजक देवेन्द्र रानाभाटलाई फोन आयो । सचिव रानाभाटले तत्कालै गाडी पठाएर बिरामीलाई अस्पताल पु¥याए । बिरामीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

यस्तै, सल्यानकी एक बिरामी महिलाको उद्धार सहयोग गरिदिन आग्रहसहित उनलाई अर्काे फोन आयो । तर, कांग्रेसले सञ्चालन गरेका २ गाडी सल्यान जान नसक्ने भए । बिरामीको उद्धारका लागि उनले अर्काे एम्बुलेन्स खोजेर पठाए । ती वृद्धालाई अस्पताल त पु¥याइयो तर उनको निधन भयो । यी प्रतिनिधि घटनामात्रै हुन् ।

कास्की कांग्रेसले जेठ १ बाट सुरु गरेको एम्बुलेन्स सेवा १३७ जनाले लिएका छन् । कास्की कांग्रेसले कोभिड–१९ संक्रमित बिरामीलाई अस्पतालसम्म पु¥याउन सहज होस् भन्ने हेतुले उक्त सेवा उपलब्ध गराएको छ । कास्की कांग्रेसका सचिव रानाभाट स्वास्थ्य जोखिम भएकाहरुका लागि यो सेवा अति नै प्रभावकारी भएको बताउँछन् । उनी भन्छन्, ‘यो रोगको प्रकृति नै यस्तो रहेछ, कसलाई कतिखेर कति जोखिम हुन्छ भन्नै नसकिने ।’ उद्धार गरिएका बिरामी पोखराका विभिन्न अस्पतालमा अझै पनि उपचाररत रहेको उनी बताउँछन् ।

‘हामीले निःशुल्क सेवा दिएर अस्पताल नै पु¥याएका ४÷५ जनाको त निधनसमेत भएको छ,’ उनले थपे । कास्की कांग्रेसकाअनुसार निःशुल्क यातायात सेवा जेठ महिनाभर सञ्चालन हुनेछ । कोभिड–१९ जोखिमको अवस्था हेरेर थप निर्णय गरिने सचिव रानाभाट बताउँछन् ।
यस्तै, व्यास नगर जेसिजले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । आइतबारबाट सुरु गरेको निःशुल्क यातायात सेवाअन्तर्गत पहिलो दिन भानु–६ की अस्मिता अधिकारीले उक्त सुविधा उपयोग गर्ने अवसर पाएकी छन् ।

अस्मिताको डेलिभरिको समय आइसकेको थियो । जेसिजको निःशुल्क यातायात सेवा उपयोग गरी पोखरास्थित क्षेत्रीय अस्पताल पुगेकी उनको सोमबार शल्यक्रिया गरी बच्चा निकालिएको छ ।

व्यास जेसिज अध्यक्ष लक्ष्मीभक्त खनालका अनुसार दमौलीमा कोभिडका बिरामी रहेको र अप्रेशन सम्भव नहुने भएकाले पोखरा ल्याइएको हो । उनकाअनुसार मंगलबार ब्लड क्यान्सरका बिरामीलाई सोही गाडीले पोखरा ल्याउने तालिका रहेको छ ।

यस्तै, स्याङ्जाको वालिङ नगरपालिका १० का वडाध्यक्ष अनन्तराज गैरेले आफ्नो निजी गाडी कोभिड–१९ संक्रमितलाई अस्पताल पु¥याउन सहयोग गर्ने गरी उपलब्ध गराएका छन् । उनले गाडी, ड्राइभर र अक्सिजन सिलिन्डरको व्यवस्था गरिदिएका छन् । उनले भने, ‘सुरुमा त प्रहरीलाई हस्तान्तरण गरेको हो । प्रहरीमा कोभिड–१९ संक्रमणको जोखिम देखेपछि ड्राइभरको समेत व्यवस्था गरिदिएँ ।’ उनले कोभिड–१९ को पहिलो चरणमा पनि बिरामीको उद्धारका लागि गाडी उपलब्ध गराएका थिए । अहिलेसम्म २०÷३० जनाले सेवा लिइसकेका छन् ।

अहिले स्याङ्जाको भीरकोट नगरपालिका र अन्य केही स्थानीय समाजसेवीले पनि यस्तैखालका सेवा सञ्चालन गरेको उनले बताए । कोभिड–१९ कहर र लकडाउनबीच यसप्रकारका सेवाले बिरामीको ज्यान बचाउन मद्दत गरेको छ । केही स्थानीय तहहरुले स्थानीय तहका गाडीहरु नै कोभिड–१९ संक्रमित बिरामी बोक्न प्रयोग गरिरहेका छन् ।

जटिल समस्या भएका तर स्थानीयस्तरमा उपचार सम्भव नभएकाहरुले यसप्रकारको सेवा पाउँदा जीवनदान पाएका छन् । कोभिड–१९ कहरबीच निःशुल्क ‘एम्बुलेन्स सेवा’ ज्यान बचाउने माध्यम बनेको छ । यस्तो सेवाबाट समयमै एम्बुलेन्स पाउन कठिन, आर्थिक अवस्था कमजोर भएकाहरुलाई प्रत्यक्ष लाभ मिलेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ