२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशलमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा

लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा


पोखरा – लमजुङ जिल्लामा गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालयको तथ्यांकमा ५ हजार ३५२ पुरुष र २ हजार २४ महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । कूल ६ हजार ५२८ जनाले अस्थायी साधन प्रयोग गरेको उल्लेख छ ।

स्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लामा परिवार नियोजनका साधन प्रयोग दर २६ प्रतिशत रहेको छ भने लगातार प्रयोगकर्ता संख्या १३ हजार ९०४ छ ।

सोही अवधिमा ३४४ जना २० मुनिका महिला सुत्केरी भएका छन् । स्वास्थ्य कार्यालय लमजुङले दिएको तथ्यांकअनुसार कुल २ हजार ३५७ गर्भवती थिए । २० वर्षमुनिका सुत्केरी हुने कूल संख्याको करिब १५ प्रतिशत छन् ।

स्वास्थ्य कार्यालयमा प्राप्त महिला स्वास्थ्य स्वयंसेविकाको प्रतिवेदन अनुसार घरमै सुत्केरी हुनेको संख्या ६० रहेको छ भने स्वास्थ्यकर्मीको उपस्थितिमा ३ जनाले बच्चा जन्माएको स्वास्थ्य कार्यालय लमजुङका लेखनाथ उपाध्यायले स्वास्थ्य कार्यालयको तथ्यांक उद्धृत गर्दै भने ।

कोभिड संक्रमित महिलाले बच्चा जन्माएको भए पनि स्वास्थ्य कार्यालयमा त्यसको रेकर्ड नै छैन । जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले २ जना संक्रमितले बच्चा जन्माएको जानकारी दिए । उनका अनुसार संक्रमित आमाहरुको स्वास्थ्य अवस्था सामान्य थियो ।

कोभिड कहरबीच स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्यामा प्रभाव नपारेको भए पनि नियमित गर्भ परीक्षण गर्न आउनेको संख्यामा कमी आएको छ ।

जिल्ला अस्पताल लमजुङका अस्पताल प्रमुख श्रेष्ठले आव २०७६-७७ मा १ हजार १२३ जनाले अस्पतालमा बच्चा जन्माएकोमा आव ०७७-७८ मा १ हजार १७१ जनाले बच्चा जन्माएका थिए । जसमध्ये ०७७-७८मा अप्रेसन गरिएका १९३ केस थिए भने नर्मल ८८८ र जटिल ९० केस रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

आव ०७६-७७ मा १६८ को अप्रेसन गरिएको थियो भने ८६६ नर्मल र ८९ जटिल केस थिए । अस्पतालको तथ्यांक हेर्दा अस्पतालमा डेलिभरि गराउनेको संख्या बढिरहेको देखिन्छ तर होम डेलिभरि पनि उत्तिकै रहेको जानकार बताउँछन् ।

अस्पताल प्रमुख श्रेष्ठका अनुसार जिल्ला अस्पतालमा अनिच्छुक गर्भपतन सेवा छैन, तर आमाको ज्यान जोखिममा रहेको अवस्थामा भने गर्भपतन सेवा उपलब्ध गराउने गरिएको छ ।

जिल्लाभर ९९ सरकारी स्वास्थ्य संस्थाबाट सेवा दिइरहेको स्वास्थ्य कार्यालय लमजुङका लेखनाथ उपाध्यायले जानकारी दिए । उनका अनुसार २ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, ५७ स्वास्थ्य चौकी, ९ आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन् । यसैगरी १८ सहरी स्वास्थ्य इकाइ र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ