२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी

गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी


पोखरा—गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा ठूलो संख्यामा जनशक्ति माग गरेको छ । बिहीबार एक विज्ञापन प्रकाशित गर्दै मन्त्रालयले ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित करारमा १६३ जना स्वास्थ्यकर्मी माग गरेको हो ।

जसमा अस्पताल व्यवस्थापन अधिकृत ४ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट ८ जना, ल्याब टेक्नीसियन १२ जना माग गरिएको छ । यसैगरी, हेल्थ असिस्टेन्ट १४ जना, बायोमेडिकल टेक्नीसियन ३ जना, रेडियोग्राफर ४ जना र फार्मेसी सहायक ६ जना माग गरिएको छ ।

१ भदौसम्म उक्त पदहरुका लागि आवेदन दिइसक्नुपर्ने मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ