२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगर्भपतनका औषधीको दुरुपयोग भएको भन्दैं अनुगमन गर्नुपर्नेमा सरोकारवालाको जोड

गर्भपतनका औषधीको दुरुपयोग भएको भन्दैं अनुगमन गर्नुपर्नेमा सरोकारवालाको जोड


पोखरा—भर्गपतन गराउन प्रयोग गरिदैं आएका औषधीको व्यापक दुरूपयोग भएका भन्दै रोक्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीबार पोखरामा भएको ‘गर्भपतन सेवा मापदण्ड र गलत व्यवहार’ विषयक अन्तक्रिया कार्यक्रममा सहभागीहरुले गर्भपतन गराउन प्रयोग गरिने औषधी ‘मिसोप्रोसटोल’ हरेक औषधी पसलबाट बिक्री वितरण भइरहेकाले यसलाई रोक्नुपर्नेमा जोड दिएका हुन् ।

स्वास्थ्य लाइभ मिडियाले गरेको उक्त अन्तक्रिया कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. राजेश अधिकारीले मिसोप्रोसटोल नामक औषधीको प्रयोग बजारमा फार्मेसी र क्लिनिकहरुबाट भइरहेको बताए । ‘सरकारबाट सुरक्षित गर्भपतन गराउने नाममा अनुमति लिएर सेवा दिएको पनि हुन सक्छ,’ डा अधिकारीले भने, ‘कतिपयले अनुमति नलिई सेवा दिएको पनि हुन सक्छ यसको अनुगमन गर्न जरूरी देखिएको छ ।’

डा. अधिकारी गर्भपतन गर्नु राम्रो बताउँदैं यदि गर्नैपर्ने अवस्थामा सबैभन्दा सुरक्षित स्थानमा गएर सेवा लिनुपर्नेमा जोड दिन्छन् । उनका अनुसार सेवा लिने मात्रै नभएर सेवा प्रदायक स्वास्थ्य सस्था पनि इमान्दार हुन आवश्यक छ । उनी सूचीकृतभन्दा अन्य स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउदा विभिन्न संक्रमण हुन सक्ने र कतिपय आमाहरुको मृत्युसमेत हुने सक्ने बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. नारायण श्रेष्ठले सुरक्षित रुपमा भन्दा असुरक्षित रुपमा हुने गर्भपतनको अवस्था डरलाग्दो रहेको बताए । यसलाई कम गराउन आम जनतामाझ सुरक्षित रुपमा हुने गर्भपतनको बारेमा जानकारी पु¥याउन आवश्यक रहेको उनले बताए ।

स्वास्थ्य तालिम केन्द्रका निर्देशक रमेश अधिकारीले आम जनतामाझ सुरक्षित गर्भपतन सेवाबारे पूर्ण जानकारी हुन आवश्यक रहेको बताए । उनले सुरक्षित गर्नपतन गराउनै परेको अवस्थामा सूचीकृत स्वास्थ्य संस्थामा जान र सम्बन्धीत स्वास्थ्यकर्मीबाट नेपालमा दर्ता भएका मान्यता प्राप्त औषधीको मात्रै प्रयोग गर्न आग्रह गरे।

अन्तक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरुले गर्भपतनको औषधी खुलेआम फार्मेसीहरुले बिक्री वितरण गर्दा समेत मन्त्रालयले अनुगमन नगरेको भन्दै गुनासो गरेका थिए । उनीहरुले गम्भीरताका साथ लिएर सबै फार्मेसी संचालकहरुलाई गलत प्रयोगका बारेमा सुसूचित गराउनसमेत सल्लाह दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार देशभर १५ सय स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन गराउन अनुमति पाएका छन् । महाशाखाको पछिल्लो तथ्यांकअनुसार ५७ प्रतिशत गर्भपतन अहिले पनि असुरक्षित रुपमा भइरहेको छ भने ४३ प्रतिशत मात्रै सुरक्षित भएको छ ।

औषधी ब्यवस्था विभागका अनुसार नेपालमा गर्भपतनका लागि भनेर अनुमति पाएका ६ वटा मात्रै औषधीहरु छन् । २ वटा प्रक्रियामा रहेका छन् । गण्डकी प्रदेशमा गत साउन ०७८ देखि साउन ०७९ सम्म १२ हजार ४ सय ५० जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तर, असुरक्षित रुपमा लिएको सेवा भने सरकारी तथ्यांकभन्दा बाहिर छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ