२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा ४५३ जनामा अटिजम भएको तथ्यांक, चालु आर्थिक वर्षमा मात्रै २४५ जनामा अटिजम

गण्डकीमा ४५३ जनामा अटिजम भएको तथ्यांक, चालु आर्थिक वर्षमा मात्रै २४५ जनामा अटिजम


पोखरा—गण्डकी प्रदेशमा ४ सय ५३ जनामा अटिजम पहिचान भएको छ । आर्थिक वर्षमा मात्रै २ सय ४५ जना बालबालिकामा अटिजम भएको तथ्यांक सार्वजनिक भएको छ ।

शनिबार पोखरामा अटिजम भएका बालबालिकालाई समावेशी शिक्षासम्बन्धी अटिजम केयर सोसाइटी गण्डकीले आयोजना गरेको अन्तक्र्रियामा सो जानकारी दिइएको हो ।

सोसाइटी र सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा भएको कार्यक्रममा अटिजमसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या भएको वक्ताहरुले बताए ।

अटिजम बालबालिकाका लागि समावेशी शिक्षा विषयक अन्तरक्रियाका वक्ताहरुले समावेशी शिक्षामा जोड दिए । अटिजम भएमा शारीरिक अवस्था सामान्य देखिएपनि सामाजिक तथा सञ्चार सम्बन्धी सिकाइ क्षमता कम हुने हुँदा सबैभन्दा पहिले परिवार चनाखो हुनुपर्ने उनीहरुको भनाइ थियो । ।

गण्डकीका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले सरकारले पनि विस्तारै बुझ्दै गरेको बताउँदै आगामी दिनमा अटिजम निराकरण र समाधानका लागि प्रदेशले छलफल गरी योजना बनाउने बताए ।

प्रदेश नीति तथा योजना आयोगकी सदस्य अन्चला चौधरीले प्रदेशले बनाउँदै गरेको दोस्रो पञ्चवर्षीय योजनामा अटिजम समावेशी शिक्षाका लागि योजना पार्ने उनले बताइन् ।

पोखरा महानगगरपालिका, सामाजिक विकास महाशाखाकी बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले सरकार र संघसंस्था मिलेर समावेशी शिक्षाका लागि हातेमालो गर्नुपर्ने बताइन् ।

डा. एलिना त्रिपाठीले आफ्नो बच्चामा पनि अटिजम रहेकाले नआत्तिन आग्रह गरिन् । बच्चामा अटिजमको लक्षण देखापरे थेरापीमा ध्यान दिन उनको सुझाव थियो । थेरापी खर्चिलो भएकाले यसमा राज्यले लगानी गर्नुपर्ने उनको भनाइ थियो ।

अटिजम केयर सोसाइटी गण्डकीका अध्यक्ष मुकुन्द लम्सालले उक्त कार्यक्रममा अटिजम बालबालिकाको समावेशी शिक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । वि.सं. २०७६ सालमा स्थापित अटिजम केयर सोसाइटी गण्डकीले मंगलबार विश्व अटिजम सचेतना दिवसका अवसरमा ¥याली गर्ने भएको छ ।

धेरैजसोमा तत्काल प्रतिक्रिया दिन नसक्ने, आँखा जुधाएर कुरा नगर्ने, एक्ले खेल्ने, भिजन अटिजम (फोनमात्रै चलाएर बस्ने, अरु नखेल्ने) जस्ता लक्षण देखिने बालरोग विशेषज्ञ डा. कृति कँडेल बताइन् । उनले थेरापीमार्फत् समस्या समाधान गर्न सकिने उनी बताउँछिन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ