काठमाडौं—आईटिसी स्कील डेभलपमेन्ट ट्रेनिङ सेन्टर स्कुल अफ ब्युटीसियनले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार नक्सालस्थित शाखामा एक कार्यक्रमकाबीच वार्षिकोत्सव मनाइएको हो ।
१७ वर्षअघि आईटिसी स्कुल अफ ब्युटिसियन सुरु भएको हो । यसको शाखा बनेपामा पनि रहेको छ । वार्षिकोत्सवको अवसरमा सञ्चालक वरिष्ठ सौन्दर्यविद् रुष्का वैद्यले विगतका वर्षहरुको तुलनामा कोभिड—१९ कारण यो पटक सानो जमघटमा वार्षिकोत्सव मनाउनु परेको बताइन् ।
सो क्रममा उनले १७ वर्ष अगाडि स्थापना भएको स्कुलले प्रशिक्षण र ब्युटीका क्षेत्रमा योगदान पु¥याउँदैं आएको बताइन् । ‘हामीले अहिलेसम्म हजारौं नारीहरुलाई सौन्दर्य सीप सिकाएर रोजगारसहित आत्मनिर्भर बनाउन योगदान दिएका छौं,’ उनले भनिन्, ‘यो हाम्रा लागि किनै गौरव र खुशीको कुरा हो ।’ उनले भविष्यमा कलेजलाई अझ विकास गर्ने पनि बताइन् ।
कार्यक्रममा पूर्व मिस नेपाल उषा खड्गी, वरिष्ठ सौन्दर्यविद् राज्यश्री श्रेष्ठ, सिता पाठक, लक्ष्मी महत, सोनी रन्जितकार, सुमित्रा रन्जित, रश्मिला श्रेष्ठ र काजल क्रियसनकी ड्रेस डिजाइनर काजललगायत अन्य विभिन्न सौन्दर्य प्रशाधन कम्पनीका प्रतिनिधीको उपस्थिती रहेको थियो । उपस्थितीहरुले वार्षिकोत्सवका अवसरमा आईटिसी स्कुल अफ ब्युटिसियनलाई शुभकामना दिएका थिए ।
तस्वीरहरूः नवराज वाग्ले/हेल्थआवाज
