×
२०७७ साउन २३, शुक्रबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसौन्दर्य स्वास्थ्ययसरी मनाइयो आईटिसी स्कुल अफ ब्युटीसियनको १७ औं वार्षिकोत्सव

यसरी मनाइयो आईटिसी स्कुल अफ ब्युटीसियनको १७ औं वार्षिकोत्सव


काठमाडौं—आईटिसी स्कील डेभलपमेन्ट ट्रेनिङ सेन्टर स्कुल अफ ब्युटीसियनले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार नक्सालस्थित शाखामा एक कार्यक्रमकाबीच वार्षिकोत्सव मनाइएको हो ।

१७ वर्षअघि आईटिसी स्कुल अफ ब्युटिसियन सुरु भएको हो । यसको शाखा बनेपामा पनि रहेको छ । वार्षिकोत्सवको अवसरमा सञ्चालक वरिष्ठ सौन्दर्यविद् रुष्का वैद्यले विगतका वर्षहरुको तुलनामा कोभिड—१९ कारण यो पटक सानो जमघटमा वार्षिकोत्सव मनाउनु परेको बताइन् ।

सो क्रममा उनले १७ वर्ष अगाडि स्थापना भएको स्कुलले प्रशिक्षण र ब्युटीका क्षेत्रमा योगदान पु¥याउँदैं आएको बताइन् । ‘हामीले अहिलेसम्म हजारौं नारीहरुलाई सौन्दर्य सीप सिकाएर रोजगारसहित आत्मनिर्भर बनाउन योगदान दिएका छौं,’ उनले भनिन्, ‘यो हाम्रा लागि किनै गौरव र खुशीको कुरा हो ।’ उनले भविष्यमा कलेजलाई अझ विकास गर्ने पनि बताइन् ।

कार्यक्रममा पूर्व मिस नेपाल उषा खड्गी, वरिष्ठ सौन्दर्यविद् राज्यश्री श्रेष्ठ, सिता पाठक, लक्ष्मी महत, सोनी रन्जितकार, सुमित्रा रन्जित, रश्मिला श्रेष्ठ र काजल क्रियसनकी ड्रेस डिजाइनर काजललगायत अन्य विभिन्न सौन्दर्य प्रशाधन कम्पनीका प्रतिनिधीको उपस्थिती रहेको थियो । उपस्थितीहरुले वार्षिकोत्सवका अवसरमा आईटिसी स्कुल अफ ब्युटिसियनलाई शुभकामना दिएका थिए ।

तस्वीरहरूः नवराज वाग्ले/हेल्थआवाज


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस