२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सअनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स

अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स


अनुचित खानपान, अस्वस्थ जीवनशैली, धुम्रपान, तनाव र प्रदूषणले तपाईको छालालाई समयभन्दा पहिले नै बुढ्यौली बनाउन सक्छ । धेरैजसो महिलाले अत्याधिक व्यस्तताका कारण आफ्नो छालाको स्वास्थ्यलाई बेवास्ता गर्छन् । जसले गर्दा कालो दाग, सुख्खापन र सुस्तता देखिन थाल्छ ।
कस्मेटिक उत्पादनहरू विश्वास गर्न सकिँदैन
नीरस र सुख्खा छालामा चमक ल्याउनका लागि महिलाहरूले धेरै महँगो र फेन्सी कस्मेटिक उत्पादनका साथै औषधिको सेवन गर्छन् । सुरुमा यो तपाईंको छालामा चमत्कार जस्तो देखिन सक्छ । तर बिस्तारै तिनीहरूले छालाको प्राकृतिक तेल र चमक अवशोषित गर्न थाल्छन् । यस्तो अवस्थामा आफ्नो नियमित दिनचर्याका केही महत्वपूर्ण कुरामा मात्र ध्यान दिएमा छालाको स्वास्थ्य लामो समयसम्म कायम राख्न सकिन्छ ।
१. सनस्क्रिन प्रयोग गर्नुहोस्
डाक्टरका अनुसार छालामा सनस्क्रिन लगाउनु निकै जरुरी हुन्छ । सूर्यको हानिकारक किरणहरूको प्रत्यक्ष सम्पर्कले छाला समस्याहरू जस्तै चाउरी, दाग र अन्य धेरै छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ । घरबाट बाहिर ननिस्कँदा वा घरबाटै काम गरिरहँदा पनि सनस्क्रिन लगाउन नबिर्सनुहोस् । कम्प्युटर र मोबाइलको स्क्रिनबाट निस्कने ब्लु रेले पनि छालालाई हानी पु¥याउँछ । यस अवस्थामा, आफ्नो अनुहारमा मिनरल्समाआधारित उच्च एसपीएफ सनस्क्रिन लगाउनु राम्रो हुन्छ । यसले तपाईको छालाको स्वास्थ्य कायम राख्छ ।

२.पेटको स्वास्थ्यको ख्याल राख्नुहोस्
डाक्टरका अनुसार, स्वस्थ पाचन छाला सम्बन्धी सबै समस्याहरूको लागि प्रभावकारी उपचार हो । चम्किलो र सुन्दर छालाको लागि सबैभन्दा पहिले पेटको स्वास्थ्यमा ध्यान दिनुहोस् । उचित आहार लिनुहोस् र पर्याप्त पानी पिउनुहोस् ।
तपाईंको पाचन प्रणालीको लागि अस्वस्थ कुनै पनि चीजले अक्सिडेटिभ तनाव र सुन्नाई निम्त्याउन सक्छ । यसले तपाईको आन्द्रालाई मात्र नभई शरीरका अन्य अंगहरुमा पनि असर गर्छ ।

३. हाइड्रेटेड रहने
छालाको स्वास्थ्य कायम राख्न पर्याप्त मात्रामा पानी पिउनुपर्ने हुन्छ । जब शरीर हाइड्रेटेड हुन्छ, छाला ओसिलो र स्वस्थ रहन्छ । यसको साथमा छालामा प्राकृतिक चमक आउँछ । दिनभरि कम्तीमा ८ गिलास पानी पिउनुहोस् ।

४. धुम्रपान नगर्ने
छाला विशेषज्ञहरुका अनुसार धुम्रपानले छालामा चाउरी पर्ने जस्ता अकाल उमेरका लक्षणहरु निम्त्याउँछ । धुम्रपानले छालाको माथिल्लो तहमा रहेका रक्तनलीहरू खुम्चिन्छ, जसले रगतको प्रवाहलाई कम गर्छ र छालालाई निर्जीव बनाउँछ । त्यसैले धुम्रपानबाट पूर्णतया टाढा रहने प्रयास गर्नुहोस् ।

५. तनावबाट टाढा रहने
चिकित्सकका अनुसार मानसिक रुपमा सन्तुलित रहनुभयो भने तपाईको छाला आफै चम्किलो र सुन्दर देखिन्छ । तनावले शरीरमा एक प्रकारको रासायनिक पदार्थ उत्पादन गर्छ, जसले छालालाई धेरै संवेदनशील र प्रतिक्रियाशील बनाउँछ। जसका कारण छालामा एक्ने, पिम्पल, पिग्मेन्टेसन जस्ता समस्याहरू निको हुन सक्दैन । तनावको समयमा निस्कने कोर्टिसोल हर्मोनले छालामा तेलको उत्पादन बढाउँछ । अर्कोतर्फ,विभिन्न छालासम्बन्धी समस्याहरू निम्तिन सक्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ