२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यछालाका लागि सन स्क्रिन कति सुरक्षित ?

छालाका लागि सन स्क्रिन कति सुरक्षित ?


वर्षा मौसममा छाता र जाडोमा न्यानो कपडा चाहिएजस्तै गर्मी याममा सन स्क्रिनको प्रयोग सामान्य भएको छ । पछिल्ला वर्षमा यस्ता क्रिमको प्रयोग असामान्य तरिकाले बढेको छ । छालाको रंग, बनोट र व्यक्तिको आवश्यकता अनुसार बजारमा विभिन्न थरीका सन स्क्रिन पाइन्छ ।

डाक्टरहरुका अनुसार घाममा हुने परावैजनी किरणले छालाको क्यान्सर हुन्छ । तसर्थ, छालालाई जोगाउन सन स्क्रिन प्रयोग गर्नुपर्छ भन्ने मान्यता बढ्दै गएको छ । यद्यपी, पछिल्लो समय यस्ता क्रिमको सुरक्षाको विषयमा प्रश्न उठिरहेको छ ।

यो वर्षको सुरुवातमा अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले सन स्क्रिनमा प्रयोग हुने १६ मध्ये १४ रासायनिक पदार्थलाई सुरक्षित पदार्थको सूचीबाट हटाएको छ, जसका कारण सनस्किृनले गर्ने सुरक्षाको विषयमा थप प्रश्न उत्पन्न गरेको छ ।

सनस्कृन साँच्चै सुरक्षित छ ?
भारतको नयाँ दिल्लीस्थित सर गंगाराम हस्पिटलका छाला विशेषज्ञ रोहित बन्ना भन्छन, ‘सनस्क्रीन छालाको सुरक्षाको लागि हो । यसले सूर्यको पराबैजनी किरणबाट छालालाई सुरक्षा प्रदान गर्छ ।’ यद्यपी यसको सन्तुलित मात्रामा मात्र प्रयोग गर्नुपर्ने उनको तर्क छ ।

उनका अनुसार बजारमा पाइने सनस्कृन फिजिकल सनस्कृन हो जसमा जिंक अक्साईड वा टाइटेनियम अक्साइड हुन्छ । यस्ता क्रिम लगाउँदा छालाको सतहमा एक तह बनेको हुन्छ, जुन नुहाउँदा वा पसिना आउँदा पखालिन्छ तर छाला भित्र प्रवेश गर्दैन ।

सनस्कृनकै कारण क्यान्सर भएको केश अहिलेसम्म सार्वजनिक नभए पनि यसको सम्भावनालाई पूर्ण रुपमा अस्वीकार गर्दैनन् उनी । ‘यस्ता सबै राषायनिक पदार्थ छालाका लागि फाईदाजनक हुँदैनन्,’ उनले भने ।

नयाँ दिल्लीकै म्याक्स सुपर स्पेशियालिटि हस्पीटलको आन्कोलोजि विभागकी डा. मीनू वालिया पनि सनस्क्रीनका कारण क्यान्सर हुने कुरालाई अस्वीकार गर्छिन । उनी भन्छिन्, ‘धेरै अध्ययनहरुले सनस्क्रीनको प्रयोगले अल्ट्रा भायलेट किरणबाट सुरक्षित राख्ने देखाएका छन् ।’

सूर्यको किरणमा हुने अल्ट्रा भायोलेट खतरनाक हुन्छ जसले क्यान्सरको खतरा बढाउनुको साथै छालासम्बन्धि धेरै समस्या निम्त्याउँछ । यद्यपी कुनै सनस्किृन छालाको प्रकृती अनुसारको नभएमा त्यसले नकारात्मक प्रतिक्रिया गर्न सक्ने उनको भनाइ छ ।

कसरी गर्ने छनोट ?
बजारमा धेरै थरिका सन स्क्रिन पाइन्छन् । तर छाला अनुसार कस्तो क्रिम छनोट गर्ने भन्ने ज्ञान हुन अत्यन्त जरुरी छ । डा. वालियाका अनुसार सनस्क्रीन किन्दा एसपीएफ (स्कीन प्रोटेक्सन फ्याक्टर) हेर्न बिर्सनु हुँदैन ।‘एसपीएफ जति धेरै भयो सूर्यको किरणबाट त्यति नै सुरक्षित राख्छ । सामान्यतया एसपीएफ १५ भएको क्रिम सजिलै पाइन्छ । तर एसपीएफ ३० भएको क्रिम बढी उपयुक्त हुन्छ, ’ उनले भनिन् ।

सनस्कृनको प्रयोगले सूर्यको प्रकाशमा हुने भिटामिन डि शरीरमा पुग्नबाट रोक्ने कतिपयको बुझाई छ । तर छाला विशेषज्ञ रोहित बन्ना यो विषयमा असहमति राख्छन् । ‘घामबाट भिटामिन डी प्राप्त गर्नको लागि हाम्रो शरीरको धेरै भन्दा धेरै भाग घामको सम्पर्कमा आउन जरुरी छ । यस्तोमा सनस्कृनले केहि बाधा गर्दैन ।’ डा. बन्नाले भने ।

पराबैजनि किरणबाट बच्नको लागि सम्भव भए सम्म पराबैजनि किरण बढी हुने समयमा घाममा ननिस्कनु नै राम्रो हुन्छ । होइन भने पुरै शरीर कपडाले ढाकेर चस्मा लगाएर मात्र बाहिर निस्कने हो भने पराबैजनि किरणबाट बच्न सकिन्छ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ