२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यस्वस्थ र सुन्दर छालाका लागि आवश्यक भिटामिनहरू

स्वस्थ र सुन्दर छालाका लागि आवश्यक भिटामिनहरू


हाम्रो अनुहारलाई सुन्दरताका साथै स्वस्थ राख्न पनि अति नै आवश्यक छ। अनुहार जति चम्किलो र उज्यालो देखिन्छ त्यति नै हाम्रो शरीरको स्वस्थतालाई झल्काउछ। अस्वस्थ शरीरको झलक हाम्रो अनुहारमा प्रस्टै देखिन सकिन्छ। तसर्थ, स्वस्थ र सुन्दर छालाका लागि आवश्यकमात्रामा भिटामिनहरु चाहिन्छ।
ती हुन्।

भिटामिन ए

भिटामिन एको कमीले छालाहरु सुख्खा हुनुको साथै कहिले काहीं रोमछिद्रहरु पनि ठुला हुँदै जान्छ। यसको लागि भिटामिन ए जरुरी हुन्छ। जुन पहेलो फलफूल, गाँजर, पहेलो तरकारी, साग, माछा, माछाको तेल र अण्डामा बढी मात्रामा पाइन्छ।

भिटामिन बी

भिटामिन बी शरीर र छालाको रक्तसंचार सुचारु गर्न मद्दत गर्छ। यसको साथै यसले छालाबाट आउने तेललाई पनि सन्तुलन गर्छ। विज्ञहरुकोभनाइ अनुसार छालामा हुने अधिकांस रोगहरुको जड भिटामिन बीमा हुन्छ। हरियो साग, माछा, मासु, अण्डा र कलेजोमा प्रशस्त मात्रामा पाइन्छ।

भिटामिन सी

स्वस्थ, आकर्षक, चम्किलो र सुन्दर छालाको लागि भिटामिन सी को आवश्यक हुन्छ। भिटामिन सीले छालालाई स्वस्थ बनाउनुको साथै आकर्षक र चम्किलो पनि बनाउँछ। यसले हतपत छालामा दागहरु र पिगीमिनटेसन हुन् दिंदैन। यसको साथै छालालाई कसिलो बनाइ जवान राख्न मद्दत गर्छ। यो स्ट्रबेरी, अमिलो फलफूल, हरियो सागपात, टमाटरमा प्रशस्त पाइन्छ।

भिटामिन इ

यो छालाको लागि चाहिने अति आवश्यक भिटामिन हो। यसले छालालाई बुढ्यौली पार्नबाट जोगाउँछ। यसले छालाको रक्तसंचार पनि सुचारु गर्दछ। यसको कमि भएमाछिटै चाउरीपना देखिन्छ। हरियो सागसब्जी, मह, बनस्पति तेलहरु, घ्यु र बदाममा प्रशस्त भिटामिन इ पाइन्छ।

खनिज तत्व पनि आवश्यक

हाम्रो शरीर र छालाको लागि खनिज तत्व पनि आवश्यक हुन्छ। यसले हाम्रो छालाको प्राकृतिक सौन्दर्यलाई निखार्द्छ। ती हुन् :-

आयोडिन : नुन /प्याज

सेलेनियम : लहसुन/अण्डा/ टमाटर/बन्दाकोपी

गंधक : हरियो साग-सब्जी, अण्डा/माछा

आइरन : समुन्द्री आहार/अन्न/माछामासु/फलफूल र साग।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य
ट्याग : #छाला, #भिटामिन, #सुन्दरता


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ