२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यहातमा मेहेन्दी लगाउने परम्परा धार्मिकसँगै वैज्ञानिक दृष्टिकोणबाट पनि उत्तिकै लाभदायिक

हातमा मेहेन्दी लगाउने परम्परा धार्मिकसँगै वैज्ञानिक दृष्टिकोणबाट पनि उत्तिकै लाभदायिक


साउन महिना हिन्दु धर्मावलम्बीहरुको लागि धेरै महत्वपुर्ण मानिन्छ । धार्मिक मान्यता अनुसार भगवान शिवजीको प्रिय महिना भनेर साउन महिनाभर नै माछा, मासु छोडेर सात्विक भोजन गरी प्रत्येक सोमबार व्रत बस्ने, हरियो पहिरन लगाउने र हातमा मेहेन्दी लगाउने प्रचलन छ ।

यी प्रचलन धर्मसँग मात्र नभई वैज्ञानिक र स्वास्थ्य सम्बन्धित कारण पनि छ। यो महिना माछा तथा पशुपन्छीको प्रजननको समय अर्थात बच्चा बनाउने समय हो । पेटमा बच्चा भएको या सुत्केरी अवस्थाको बेला माछामासु सेवन गरी  गरियो भने प्रजाती मासिएर जाने हुन सक्ने मानिन्छ ।

यस महिना धेरै पानी पर्ने र मौसम परिवर्तन हुने महिना हो । यस मौसममा प्राय पाचनशक्ति कमजोर रहेको हुन्छ । यसकारण यो महिना जथाभावी नखाएर सात्विक भोजन गर्दा स्वास्थ्यमा प्रतिकुल असर कम देखा पर्दछ ।

साउन महिनामा हातमा मेहन्दी लगााउनु स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक

साउन महिनामा मेहेन्दी लगाउनु श्रीगारको रुपमा लिइन्छ । तर, धेरैलाई यसको वैज्ञानिक कारण पनि छ भनेर थाहाँ नहुन सक्छ। साउन यो महिना पानी धेरै पर्ने र रोपाइ गर्नु पर्ने महिनामा पर्छ। हिलो हात खुट्टामा घाउ बनाउने हुँदा र त्यो घाऊ नहोस भनेर हात खुट्टा बचाउनका लागि मेहन्दी लगाउने चलन चली आएको छ । पहिला पहिला तिउरीको पात पिसेर हात खुट्टामा लगाएर फर्सीको पातले छोपेर रातभरी सुत्ने र बिहान पखालने चलन थियो । यसो गर्दा हात खुट्टाको भाग र काँपमा हिलोले नखाने वा पानीले घाऊ नबनाउने हुन्छ । मेहन्दी आफौमा एउटा महत्वपुर्ण जडीबुटी हो र यसको प्रयोग अन्य रोगहरुमा पनि गरिन्छ।

आजकल भने रङको नाममा केमिकलको प्रयोग गरिएको मेहन्दीलाई फेसनको रुपमा प्रयोग गर्ने प्रचलन बढेर आएको पाइन्छ । मेहन्दीलाई औषधीको रुपमा हातको स्वास्थ्यको लाीग प्रयोग नगरी विभिन्न फुल बुट्टा भरेर फेसनको रुपमा प्रयोग गर्न थालियो । तर, यसमा धेरै केमिकल मिसाइएकोले गर्दा उल्टै हातमा छाला जाने , एलर्जी हुने , चिलाउने , पेल्ने ,फोका उठ्ने जस्ता अन्य धेरै समस्या बढेको पाइएको छ ।

साउन महिनामा हरियो चुरा लगााउने आजकाल फेसनको रुपमा प्रचलित छ । तर, यो हाम्रो ठेट नेपाली संस्कृति नभएर भारतको महाराष्ट्रको परम्पराबाट नेपाल भित्रिएको हो । त्यहाँ श्रावण महिनामा हरितालिका तीज भनेर हरियो वस्त्र, हरियो चुरा लगाएर महिनाभर व्रत बस्ने चलन थियो तर, अहिले भारतको प्रचलनबाट प्रभावित भएर , महिनाभरी एक छाक खाने चलन चल्न थाल्यो ।

समय, सोच , काम , चलन रहनसहनको परिवर्तन तथा वैश्वीकरणको कारणले प्रचलनहरु पनि परविर्तन हुदै जानु स्वभाविक हो । आजकाल गरिने प्रचलनहरु मुख्यत रमाईलो र राम्रोको लागि गरिएपनि यस पछाडि रहने वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धि कारण अनि महत्व बुझेर सचेत भई कुनै पनि चलन पछयाउन , भित्रयाउन र अपनाउन सक्यौ भने हाम्रो क्रियाकलापहरु अझै अर्थपुर्ण रहनेछन् ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ