२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सछालालाई कसिलो र चम्किलो बनाउनको लागि हाइलोरोनिक एसिड : कसरी प्रयोग गर्ने ?

छालालाई कसिलो र चम्किलो बनाउनको लागि हाइलोरोनिक एसिड : कसरी प्रयोग गर्ने ?


छालालाई कसिलो र चम्किलो बनाइराख्न सबैभन्दा पहिला आन्तरिक स्वास्थ्य राम्रो हुनु आवश्यक हुन्छ । बाहिरबाट जति प्रोडक्ट लगाएर छालालाई जति नै कसिलो र चम्किलो बनाउन खोजेपनि भित्री स्वास्थ्य राम्रो छैन भने छाला कसिलो हुन सक्दैन । यसमा हाम्रो दैनिकी र खानपानले पनि उत्तिकै असर गर्दछ । यसको साथै बाहिरी प्रभावले पनि उत्तिकै असर गर्दछ ।

यदि हाम्रो भित्री स्वास्थ्य राम्रो र सहि भयो भने छालामा त्यसको सकारात्मक असर देखा परिरहेको हुन्छ । भित्रबाट स्वस्थ भयो भने बाहिरबाट स्वतः राम्रो र सुन्दर देखिन्छ । छालालाई राम्रो बनाउन सबैभन्दा पहिला हाम्रो भित्री स्वास्थ्य राम्रो बनाउन जरुरी छ । तसर्थ भित्री स्वास्थ्य कसरी सुन्दर बनाउने भन्ने कुरा आउँदछ ।

भित्री स्वास्थ्य राम्रो बनाउन सबैभन्दा पहिला हाम्रो शरीर र छालालाई पुग्ने पर्याप्त मात्रामा पानी र नरिशमेन्ट हाम्रो शरीरमा छ की छैन भन्ने हो । पानी र मोइस्चरको गडबढले गर्दा नै छालामा विभिन्न प्रकारका समस्याहरु देखा पर्ने हो । यसको फलस्वरुप व्यक्तिमा बेला भन्दा अगाडी नै चाउरीपना आउने, छाला खुकुलो हुने, सुख्खा र निरस हुने जस्ता समस्याहरु देखा पर्छन् ।

पानीले छालालाई व्यवस्थि तगर्दै कसिलो बनाइराख्दछ । जसको फलस्वरुप, चाँडै चाउरी आउन पाउँदैनन् । तसर्थ हाइलोरोनिक एसिड एउटा छाला/शरीरलाई नभई हुने एउटा यस्तो तत्व हो जसले हाम्रो शरीरमा पानीको मात्रालाई सन्तुलित बनाइराख्दछ ।

हाइलोरोनिक एसिड हाम्रो शरीरमा पनि उतपादन हुन्छ । यो कम या बढी भएमा यसले शरीर/छालालाई नकारात्मक असर पनि गर्दछ । यो एउटा यस्तो तत्व हो जसले आफ्नो कुल तौलको १०० प्रतिशतभन्दा बढी गुणा पानी आफुमा बोकेर राख्न सक्छ । जुन छालाको लागि अत्ति आवश्यक पर्दछ । तसर्थ हाइलोरोनिक एसिड हाम्रो दैनिकीमा समावेश गर्दा यसको सकरात्मक असर हाम्रो छालामा देखिन जान्छ ।

तसर्थ यो यदि हामी हाम्रो छाला, उमेर र कपाललाई मेन्टेन गर्न चाहान्छौँ भने छालामा र शरीरमा पानीको मात्रालाई मेन्टेन गरेर राख्नुपर्छ । हाम्रो उमेर जसरी बढ्दै जान्छ त्यसरी नै छालामा पानी रहने क्षमता कम हुँदै जान्छ । यसको धेरै कारणहरु छन् जस्तै :

तनाव, पोषणको कमी, मोबाइल, ल्यापटप, टिभीका विकिरणहरु, घामका हानीकारक किरणहरु, प्रदुषण आदि इत्यादीका कारणहरुले पनि शरीरबाट पानी शोषण गरी पानीको अभाव गराउँदछ । यसको फलस्वरुप छालामा पानीको कमीको समस्या देखा परिरहेका छन् । यसको साथै बेलाभन्दा अगाडी नै प्रिम्याच्योर र बुढौलिपनका चिह्नहरु देखा पर्छन् ।

तसर्थ हाइलोरोनिक एसिडले पानीलाई राम्ररी होल्ड गर्ने भएको हुनाले यसले छालामा इलास्टिसीटी र कोलाजनको उत्पादनमा पनि मद्धत पुर्याइरहेको हुन्छ । साथै छालालाई पनि हाइड्रेट गरिरहेको हुन्छ । हाइलोरोनिक एसिडले छालाको हरेक कोषिकाहरुलाई नरिशमेन्टका साथै हाइड्रेशन प्राप्त गराइरहेको हुनाले यसको प्रत्यक्ष असर स्वरुप छालाको एजिङ प्रक्रियालाई ढिला गराई रहेको हुन्छ ।

तसर्थ हाम्रो खानामा हरेक दिन हाइलोरोनि एसिड पर्याप्त हुने खानेकुराहरु समावेश गराउनुपर्छ । जस्तै, सुन्तला, तोफु, कागती, सखरखण्ड, भेँडेखुर्सानी, बदाम, जुनार, ड्राइफ्रुट्स, केरा दही आदीको सेवन गर्नु पर्छ । त्यस्तै आजकल बजारमा फुड सप्लीमेन्ट्सहरु पनि पाइन्छ साथै यो युक्त फेस सिरमहरु पनि उपलब्ध छन् ।

हाइलोरोनिक फेस सिरमको प्रयोग गर्दा जहिले पनि भिजेको अनुहारमा गर्ने गर्नुपर्छ । यसको प्रयोगले हाम्रो छालामा पानीको मात्रा बनाइ राख्दछ र छाला डिहाइडे«ट हुन पाउँदैन । सधै कसिलो देखिन्छ ।


क्याटेगोरी : टिप्स, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ