२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारमहामारीले सिकाएको पाठः आत्मनिर्भर हुनुको विकल्प छैन

महामारीले सिकाएको पाठः आत्मनिर्भर हुनुको विकल्प छैन


हामी शारीरिक रुपमा एक अर्काबाट टाढा भएतापनि पारिवारिक एवं सामाजिक रुपमा भने टाढिएका छैनौ । एक आपसमा बढेको आत्मीयताका कारण अझ एक चरण माथि पुगेको छौ । हामीसँग सिमित स्रोत साधनहरु भएतापनि सरकार, नागरिक एवं स्वास्थ्यकर्मीहरुले गरेको अथक पहल एवं प्रयासका कारण कोभिड–१९ को संक्रमण अन्य देशमा जस्तो देखिन पाएकोे छैन । यो नै एउटा सबैभन्दा ठूलो उपलब्धी हो । हुन त, त्यसभित्र पनि अभावहरु देखिएका होलान् ।

तर, विश्वका जुनसुकै राज्यमा पनि समस्या देखा परेको छ । तर, कसरी उचित रुपमा व्यवस्थापन गरियो भन्ने कुरा हो । यद्यपि सिमित स्रोत एवं साधनका बाबजुद फार्मेसी, चिकित्सक एवं स्वास्थ्य क्षेत्रका मानिसले खेलेको भूमिका ऐतिहासिक नै छ । प्रत्येक जिम्मेवार संस्थाले गरेको प्रयासले नै यो सबै सम्भव भएको हो । यो गौरवको विषयमा हो ।

स्वदेशी उत्पादन अवस्था

हामीले स्वीकार गर्नुपर्ने कुरा के हो भने स्वदेशी वस्तुभन्दा विदेशी वस्तुमा नै निहित छौ । त्यसैमा निहित हुने हाम्रो आदत बसेको छ । कोभिड–१९ ले झनै यसलाई उजागर गरेको छ । अर्काे कुरो हाम्रोमा जीवनरक्षक कुराहरुको पनि कमी रहेछ । यसअन्र्तगत खाद्यान्नलगायत अन्य पाटोहरु पर्दछन् । स्वदेशी उत्पादनको उचित प्रोत्साहन र सहजीकरण गर्न नसकेको अवस्था पनि हो । स्वदेशी उत्पादन भनेको विशेषगरी जीवनरक्षक अन्र्तगत पर्ने औषधी तथा खाद्यान्नलगायत पर्दछन् । यी कुरा नेपालमै उत्पादन भएतापनि सहजीकरण (ढुवानी) कमजोर भएका कारण बाहिर विदेशबाट आयात गरेर उपभोग भइरहेको छ । यस्ता वस्तुहरुको नेपालमा उत्पादन पनि छ तर ती उत्पादन भने कुहिरहेको अवस्था हो ।

औषधीको सन्दर्भमा पनि सोही कुरा लागु भएको देखिन्छ । औषधी उत्पादनमा गुणस्तर र क्षमतामा माथि गइसकेका छौ । तसर्थ स्वदेशी उत्पादनमा नभएका कुरा मात्रै बाहिरबाट ल्याउन पर्छ है ! भनेर बारम्बार भनिरहिएको अवस्था छ । नेपालमा उत्पादन हुने औषधीलाई प्रोत्साहन दिऊँ र सहजीकरण गरौं भन्ने सरकारको नीति पनि छ । तर, यिनै कुराका अनुभूति व्यवसायीले गर्न पाएका छैनन् ।
स्वदेशी उत्पादन प्रोत्साहन र सहजीकरण हाम्रो मुख्य कमजोरी भएको रहेको छ । महामारीले यी सबै कुरा गरेर विदेशी वस्तुमा हामी कति निर्भर रहेछौ भन्ने कुराको उजागर गरिदिएको छ ।

नेपाली औषधी उत्पादनलाई प्रोत्साहन गर्ने नीति

सरकारले बारम्बार नेपाली औषधी उद्योगलाई प्रोत्साहन गरिने नीति सार्वजनिक गरेकै छ । सरकारको नीति वास्तवमै उचित छ । स्वदेशी उत्पादनको प्रोत्साहनलाई प्राविधिकरण गर्नको निम्ति यो कुरा नीति कार्यक्रममा पनि आउँछ । तर, यो कार्यन्वयन पक्षमा चाहिँ आउदैन् । कार्यान्वयन पक्ष अति कमजोर भयो । नीतिमा त हामी लेख्छौ । तर, नीतिमा लेखेको कुरा भने कार्यन्वयनमा आउँदैन् । नीतिमा भएका कुराहरु कार्यन्वयनमा आउन हाम्रा तीन वटै सरकारको दृढता चाहिन्छ । कुन सरकारले के गर्ने भन्ने स्पष्ट आधार तयार गर्नुपर्छ । त्यो अनुरुप कार्यान्वय गर्नुपर्ने देखिन्छ । कार्यान्वयन गर्नका लागि समय निश्चित गरेर गर्नुपर्छ । यति महिनाभित्र यसको पूर्ण व्यवहारिक नतिजा ल्याउनुपर्ने भन्ने खालको प्रावधान ल्याउनुपर्छ ।

त्यो स्तरले कमिटमेन्ट गर्ने र त्यसलाई निरन्तर मुल्यांकन गर्नुपर्ने हुन्छ । तर, हाम्रोमा कानुनी कुरा ठूला गर्ने तर काम नगर्ने चलन छ । विकसित देशमा साना कुरा राख्छन् तर पूर्ण गरेर छोड्छन् । त्यसप्रति पूर्ण रुपमा आफ्नो परिश्रमको लगानी खर्चिछन् । नतिजा पनि समयमा नै प्राप्त गर्छन् । कार्यान्वयन पक्ष व्यवहारिक पनि हुन्छ, त्यसका भावि प्रभावहरु पनि हेर्छन् । तर, नेपालमा नीति, कार्यक्रम बन्छन्, कार्यान्वयन पक्ष भने रोकिन्छ ।

अबको आवश्यकता औषधी प्रवर्द्धन विकास बोर्ड

स्वदेशी औषधी उद्योगलाई प्रोत्साहन गर्ने विषयमा धेरै पटक नीति तथा कार्यक्रममा परेका हुन् । नीति नियममा थुप्रै कुराहरु आएका छन् । सबैभन्दा ठूलो कुरा भनेको स्वदेशी उत्पादनमा सजीकरण गर्ने हो । अर्काे अर्थमा यो भनेको नै नयाँ प्रविधिलाई प्रोत्साहन दिनु हो । हामीसँग अहिले नियन्त्रणकारी मात्रै निकायहरु छन् । तर औषधी प्रवर्द्धन  गर्ने व्यवस्था छैन । त्यो सरकारले बनाउनु पर्छ । त्यसका लागि सबैभन्दा उपयुक्त भनको औषधी प्रवर्द्धन विकास बोर्ड हो ।

त्यसले सम्पूर्ण औषधीको सम्भावना र प्रोत्साहनका बाटाहरु खोज्छ । स्वदेशी उत्पादनलाई सहजीकरण गर्छ । संसारमा आइरहेका नयाँ प्रविधीको अध्ययन गरी नेपाल ल्याउन उद्यमीहरुलाई सहयोग गर्छ । विशेष खालका औषधीहरुको उत्पादन र प्रसोधनमा जोड दिने र नेपालमा औषधीको विकास हुनुपर्छ भन्ने कुरालाई बहुआयामिक ढंगबाट विकास गर्छ । यसलाई औषधी उद्योगमै लागेका औषधीका साइन्टिस (वैज्ञानिक)हरुलाई लगेर बोर्ड रुपमा परिचालन गर्ने हो भने नेपालमा आवश्यक सम्पूर्ण औषधीको विकास गर्न सकिन्छ । नयाँ प्रविधि भित्रिएसँगै गुणस्तर पनि बढेर विश्वस्तमा नेपाल एक लेभलमा पुग्न सक्छ ।

यो बोर्डको काम औषधी कम्पनीहरुलाई दिगो गर्ने र नयाँ प्रविधिअनुसार प्रवर्द्धन गर्ने हुन्छ । अहिले रहेको डिडिएले नियमनको काम गर्छ । र, अर्काेले प्रवर्द्धनको काम गर्छ ।

औषधी उत्पादन क्षेत्रलाई विश्वमा पु¥याउने हो भने अब यसको विकल्प छैन । आत्मनिर्भर हुनका लागि पनि प्रवर्द्धन बोर्ड आवश्यक छ । महामारीबाट हामीले कसरी आत्मानिर्भर हुने भन्ने कुरा नसोच्ने हो भने फेरि ठूलो खाडल बनिदै जान्छ । औषधी उत्पान नेपालमा भएन भनेर सोचर हुँदैन । छिमेकी राष्ट्रहरुमा विकास एवं प्रवर्द्धन गर्नका लागि मात्रै सयौं यस्ता बोर्डहरु खोलेर राखेका छन् । हामीले ठूलो सोच नभएपनि कम्तिमा पनि भएका औषधीको प्रवर्द्धन कसरी गर्ने? ती औषधीहरुको अन्तर्राष्ट्रिय कम्पिटिसनहरुका लागि गुणस्तर एवं अवसरको वृद्धि गर्नुपर्छ ।

गुणस्तरमा हामी एउटा विन्दुमा पुग्यौ भने अहिले अर्बौको औषधीको निर्यात गर्नुपर्ने अवस्था नै रोकिन जान्छ । एकातिर देशको राजस्वमा समेत यसले सहयोग पु¥याउँछ । अहिले नेपालमै औषधीमा धेरै विकास भइसकेको छ । त्यसकारण अहिलेको लागि प्रवर्द्धन, विकास र नयाँ औषधीको सहजीकरण गर्ने काममा लागि प¥यौ भने भोलि आउने सक्ने जस्तासुकै ठूला हेल्थ इर्मेजेन्सीहरुमा पनि हामी सक्षम हुन्छौ । उदाहरणको लागि कोभिड–१९ सुरु हुँदै गर्दा भारत पिपिई किट कसैले पनि बनाउँदैन थिए । तर, २ महिनाभित्र सक्षम भएको घोषणा ग¥यो । सरकार र सम्बन्धित पक्षको सहकार्यमा गर्न थाल्यो भने तुरुन्त उपलब्धी हात पार्ने अवस्था छ ।

औषधी उद्योग र महामारीपछिको नीति तथा कार्यक्रम र बजेट

महामारीले सिकाएको कुरा के हो भने सरकारका नीति तथा कार्यक्रम र बजेट भनेका कुरा तत्कालीन कुरालाई प्राथमिकता दिन हुँदैन । दीर्घकालीन सोच राखेर आउनुपर्छ । हामीले विकास बोर्डको परिकल्पना गरेका छौ । औषधी उत्पादनमा सहजीकरण, नयाँ प्रविधि भित्र्याउने खालका हुनुपर्छ भनेका छौ । सहजीकरण कस्तो भने उदाहरणका लागि कनै कम्पनीले क्यान्सरको भ्याक्सिनको काम गर्न थाल्यो, नयाँ प्रविधि विकास भयो भने सरकारले त्यसलाई प्रशंसा र सम्मान स्वरुप केही अवसरहरु र प्रोत्साहन प्रदान गर्नुपर्छ ।

यो कुरा दीर्घकालीन रुपमा सोच्नुपर्छ । औषधीका कच्चा पदार्थलाई भ्याटमा सुविधा मात्रै दिइने भयो भनेपनि हामीलाई सहजीकरण हुन्छ । महामारीले आत्मनिर्भर बन्ने तर्फ प्रेरित गरेको छ । त्यसमा पनि विशेष गरी स्वास्थ्य र खाद्यान्न क्षेत्रलाई कसरी राम्रो गर्ने भन्नेमा । स्वास्थ्यका सेवाका क्षेत्र प्रत्यक्ष जनशिक्तसँग जोडिन्छ, त्यो हामीसँग प्रशस्त नै छ । अर्को औषधी हो ।

अहिले हामी झण्डै ७० प्रतिशत माथि अति आवश्यक औषधी नेपालमै उत्पादन गर्न सक्षम छौं । इन्जेक्टेवलबाहेक औषधी यही नै उत्पादन हुन्छन् । यहाँ उत्पादन हुने औषधीको कच्चा पदार्थबाहेक आयात रोक लगाउनु नै राम्रो हुन्छ । स्वदेशमा उत्पादनस्तर बढाउने र विदेशको उपभोग कम गर्नका विदेशी निर्यात घटाउने हो भने स्वदेशमा राजस्वको कमी पनि हुँदैन । र, सँगसँगै विकास पनि भएर जान्छ ।

(एपोनका पूर्व महासचिव पाण्डेसँगको कुराकानीमा आधारित)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ