२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकिन हुँदैन स्वास्थ्य क्षेत्रमा सुरक्षा ?

किन हुँदैन स्वास्थ्य क्षेत्रमा सुरक्षा ?


उमेश खत्री

स्वास्थ्य सेवा मानव जीवनमा महत्त्वपूर्ण कुरा हो । स्वास्थ्य क्षेत्रमा शान्तिपूर्ण रूपमा सेवा प्रदान गर्न सकियोस भन्ने सबैको चाहना हुन्छ । अस्पतालले जहिल्यै पनि कुनै पनि बिरामी आकस्मिक कक्षमा आउनसाथ निकै महत्त्वपूर्ण रूपमा हेरिरहेको हुन्छ । कुनै पनि अस्पताललाई बिरामीको भावना विपरित काम गर्यो भनेर बिरामी पक्षबाट लगाइने झुटा आरोपबाट केवल डाक्टर तथा समग्र अस्पतालको आत्माबल गिराउने कार्य गरिएको छ ।

अहिले चिकित्सा विज्ञानमा नेपालले पनि धेरै प्रगति गरिसकेको अवस्थामा अस्पतालहरू पनि आफ्नो गुणस्तरीय सेवा दिन लागिरहेका छन् । स्वास्थ्य क्षेत्र भनेको मानिसको जिन्दगीसँग सम्बन्धित रहेको हुनाले यो क्षेत्रसँग सम्बन्धित हरेक व्यक्तिहरू सचेत रहेर आफ्नो अस्पतालजस्तो ठाउँमा शान्तिपूर्ण तरिकाबाट काम गर्ने वातावरण सिर्जना गराउनका लागि सरकारले पनि सुरक्षा निकायलाई निर्देशन दिनु आवश्यक छ ।

स्वास्थ्य क्षेत्रमा पछिल्लो समय लगानीकर्ताहरू पनि यो क्षेत्रमा लगानी गर्न आकर्षित भएका छन् । तर, बेला–बेलामा बिरामीका आफन्तहरूले अस्पतालको भौतिक संरचनालाई ध्वस्त पार्नेजस्ता क्रियाकलापले लगानीकर्ताहरू अर्कै क्षेत्रतिर लगानी गर्न बाध्य पारेको छ । सरकारी निकायबाट पनि स्वास्थ्य क्षेत्रमा सुरक्षा प्रदान गर्नु आवश्यक छ ।

अस्पतालमा कुनै पनि बहानामा डाक्टरहरू तथा अन्य स्वास्थ्यकर्मीहरूमाथि हातपात हुनुहुँदैंन । अहिले अस्पतालहरूमा कार्यरत चिकित्सक तथा व्यवस्थापनमा रहेका व्यक्तिहरूलाई हातपात गर्ने व्यक्तिहरूलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नु आवश्यक छ । स्वास्थ्य क्षेत्रजस्तो अति संवेदनशील क्षेत्रलाई मर्यादित बनाउन स्वास्थ्य क्षेत्र पनि शान्ति क्षेत्र हो भनी सुरक्षाको ग्यारेन्टी दिनु आवश्यक छ ।

कहिले बिरामीका आफन्तले डाक्टरमाथि तथा कहिले कुनै न कुनै बहानामा अस्पतालका अन्य व्यक्तिमाथि आक्रमण हुँदा डाक्टरहरू पनि सशंकित भएर आफ्नो सेवा दिन बाध्य हुनु भनेको देशमा विधिको शासनको पालना नहुनु हो । अस्पतालमा कुनै पनि बिरामी आकस्मिक कक्षमा आउनासाथ डाक्टरले आफ्नो चिकित्सकीय धर्मलाई पालना गरेको नै हुन्छ । त्यो डाक्टर जसले तपाईंलाई सेवा दिइरहेको छ, ऊ कुनै अर्कै संसारको मान्छे होइन । त्यो तपाईंको आफ्नै छोरा, बुबा, दाइ तथा दिदी–बहिनी जे पनि हुन सक्छ ।

अस्पतालमा कुनै पनि डाक्टरले हेरेको बिरामीलाई कसरी राम्रो तरिकाबाट राम्रो सेवा दिई घर पठाउने भन्ने हुन्छ । जस्तैः एउटा प्लेनको पाइलटले आफ्नो प्लेनमा कुनै पनि अप्रिय घटना नहोस् र आफ्ना सबै यात्रीहरूलाई गन्तव्यसम्म सकुशल पुर्याउन सकूँ भन्ने सोच्दछ । कहिले बिरामीका आफन्तले डाक्टरमाथि तथा कहिले कुनै न कुनै बहानामा अस्पतालका अन्य व्यक्तिमाथि आक्रमण हुँदा डाक्टरहरू पनि शसंकित भएर आफ्नो सेवा दिन बाध्य हुनु भनेको देशमा विधिको शासनको पालना नहुनु हो ।

स्वास्थ्य क्षेत्रमा बेला–बेलामा भएका यस्ता दुरव्यवहार कुनै पनि हालतमा सैह्य हुँदैन । सरकारी निकायबाट पनि उपचार गराउन बसेका स्वास्थ्यकर्मीहरूलाई सुरक्षित रूपमा स्वास्थ्य सेवा दिने वातावरण बनाउनु आजको आवश्यकता हो ।

बिरामीका आफन्तहरूलाई पनि अस्पतालले गल्ती गरेर बिरामीको स्वास्थ्य गम्भीर खेलबाड गरेको लागेका उनीहरूले पनि सम्बन्धित निकायबाट आफ्नो समस्यालाई सरकारी तवरबाट पनि सत्यतथ्य के हो छानबिन गरी दोषीलाई कारबाही गर्नु आवश्यक छ ।

स्वास्थ्यकर्मीलाई बिना कुनै गल्ती कार्यस्थलमा कुटपिट तथा अभद्र व्यवहार गर्नु जस्तो अनैतिक कार्य मानव जीवनको हुनै सक्दैन ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ