२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा

माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा


विराटनगर– विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्सहरुले आफ्नो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिएका छन् ।
अस्पतालमा काम गर्दै आएका स्टाफ नर्सहरूले राखेको ७ बुँदे माग नोबेल मेडिकल कलेज प्रशासनले सुनवाइ नगरेको भन्दै नर्सहरूले मंगलबार सामूहिक राजीनामा दिएका हुन् ।

सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसीयू र भेन्टिलेटरको खर्च अस्पतालले व्यहाेर्नुपर्ने र यदि संक्रमितसँगको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी पाँचदिन क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा पुनः डियुटीमा लगाइनुपर्ने, इमर्जेन्सीको रेडजोनलाई कोभिड आइसोलेसन समान नर्सिङ्ग स्टाफहरुले व्यवस्थापन साथै तलब, सुरक्षा र ७ दिन अस्पताल क्वारिन्टन त्यसपछि सात दिन होम आइसोलेसनको व्यवस्थापन हुनुपर्ने लगायतका माग राखेका थिए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले राखेको माग सुनवाइ नहुने भएपछि हामीले सामुहिक रुपमा राजीनामा दिएको एक नर्सले बताइन् । ‘कोभिड १९ को महामारीको बेला हामी आफ्नो ज्यानलाई जोखिममा राखेर सेवा दिदै आएका छौं,’ ती नर्सले भनिन्, ‘अस्पतालले हाम्रो सुरक्षाको विषयमा कहिले चासाे देखाएन् । हामी स्टाफ नर्सहरू न्यूनतम सुरक्षा सामाग्रीको प्रयोग गरी सामुदाय स्तरमा संक्रमण फैलिरहेको अवस्थामा सेवा दिन बाध्य भएका छौ । सेवा सुविधाको विषयमा पनि अस्पतालले चासो देखाएन । हाम्रो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिन बाध्य भएका हौं ।’ हामीले दिएको राजिनाले विरामीमा पर्न गएको असुविधाप्रति अस्पताल स्वयम जिम्मेवार हुनुपर्ने उनीहरूले राखेको राजीनामा पत्रमा उल्लेख छ

केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको नोबेलकै एकजना नर्सलाई अस्पताल प्रशासनले लक्षण नदेखिएको भन्दै अस्पतालको आइसोलेनमा नराखी होम आइसोलेनमा बस्नुपर्ने भनेका थिए ।

नर्सहरूले राखेको माग सुनवाई नभएपछि राजीनामा दिन बाध्य भएको बताइएको छ । हालसम्म नोबेल अस्पतालका कार्यरत एक दर्जन नर्स कारोना संक्रमित भइसकेका छन् ।

अस्पताल प्रशासनले भने नर्सहरुले प्रोत्साहन रकम नपाएको भन्दै सामूहिक राजीनामा दिएको अस्पतालका प्रबन्धक नारायण दाहाल बताउँछन् । ‘अस्पतालको आकस्मिक कक्षमा कार्यरत ५५ जना नर्सले ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता माग गरेका थिए,’ दाहालले भने, ‘अस्पतालले ४ हजार रुपैयाँ दिने भनेको थियो । १ हजार रूपैयाँमा कुरा नमिल्दा ५५ जना नर्सले राजीनामा पत्र अस्पताल प्रशासनलाई बुझाएका हुन् ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ