गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ तिलोत्तमास्थित क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’ तिलोत्तमास्थित क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’ बीपी गौतम मंगलबार, २०७७ वैशाख १६ गते, १७:२८ मा प्रकाशित बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा सोमबार रहेका सबै जनाको पिसिआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिएका हुन् । उनीहरुको सोमबार स्वाबको नमूना संकलन गरिएकोमा मंगलबार नतिजा आएको हो । क्वारेन्टाइनमा भारतबाट लुकिछिपी आएकासहित भारतको क्वारेन्टाइनमा बसेर आएकाहरु थिए । भारतको नौतनहवा स्थित क्वारेन्टाइनमा बसेका १० जना नेपालीलाई जिल्ला प्रशासन कार्यालय शंकरनगर क्वारेन्टाइनमा पठाएको थियो । नतिजा नेगेटिभ आएसँगै क्वारेन्टाइनमा रहेका १९ जनालाई मंगलबार घर पठाइएको छ । जिल्ला प्रशासनले पठाएका दश जना विभिन्न जिल्लाका रहेकोले प्रशासनले व्यवस्था नगरेसम्मका लागि क्वारेन्टाइनमैं रहने भएका छन् । यीहरुसँगै हाल मंगलबार थपिएका दुई जनासमेत क्वारेन्टाइनमा रहेको सिनियर अहेव अधिकृत गौतमले जानकारी दिए । शंकरनगर क्वारेन्टाइनमा हालसम्म ८५ जना बसेर तोकिएको समय पूरा गरेपछि फर्किएका छन् भने झण्डै २ सय जनालाई होमक्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाले भारतलगायत तेस्रो मुलुक र नेपालका कोरोना संक्रमित क्षेत्रबाट नगरपालिकामा आउनेहरुको नियमित जानकारी लिने गरेको छ । यसरी आउनेहरु शंकास्पद भएमा क्वारेन्टाइनमा राखिने नगरपालिकाले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ७ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान TFN ट्रेण्डिङ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? के र कति खाँदा स्वस्थ हुन्छ दर ? मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? के र कति खाँदा स्वस्थ हुन्छ दर ?