गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ तिलोत्तमास्थित क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’ तिलोत्तमास्थित क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’ बीपी गौतम मंगलबार, २०७७ वैशाख १६ गते, १७:२८ मा प्रकाशित बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा सोमबार रहेका सबै जनाको पिसिआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिएका हुन् । उनीहरुको सोमबार स्वाबको नमूना संकलन गरिएकोमा मंगलबार नतिजा आएको हो । क्वारेन्टाइनमा भारतबाट लुकिछिपी आएकासहित भारतको क्वारेन्टाइनमा बसेर आएकाहरु थिए । भारतको नौतनहवा स्थित क्वारेन्टाइनमा बसेका १० जना नेपालीलाई जिल्ला प्रशासन कार्यालय शंकरनगर क्वारेन्टाइनमा पठाएको थियो । नतिजा नेगेटिभ आएसँगै क्वारेन्टाइनमा रहेका १९ जनालाई मंगलबार घर पठाइएको छ । जिल्ला प्रशासनले पठाएका दश जना विभिन्न जिल्लाका रहेकोले प्रशासनले व्यवस्था नगरेसम्मका लागि क्वारेन्टाइनमैं रहने भएका छन् । यीहरुसँगै हाल मंगलबार थपिएका दुई जनासमेत क्वारेन्टाइनमा रहेको सिनियर अहेव अधिकृत गौतमले जानकारी दिए । शंकरनगर क्वारेन्टाइनमा हालसम्म ८५ जना बसेर तोकिएको समय पूरा गरेपछि फर्किएका छन् भने झण्डै २ सय जनालाई होमक्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाले भारतलगायत तेस्रो मुलुक र नेपालका कोरोना संक्रमित क्षेत्रबाट नगरपालिकामा आउनेहरुको नियमित जानकारी लिने गरेको छ । यसरी आउनेहरु शंकास्पद भएमा क्वारेन्टाइनमा राखिने नगरपालिकाले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ३ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ४ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ५ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ६ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ७ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि TFN ट्रेण्डिङ एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन सेवालाई कर्म बनाएकी हक्की स्वभावकी नर्स प्रा. तारा, जसको पहिलो तलब थियो २५० रुपैयाँ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन गण्डकी प्रदेशमा फागुनबाट रगत लिँदा शुल्क नलाग्ने एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन सेवालाई कर्म बनाएकी हक्की स्वभावकी नर्स प्रा. तारा, जसको पहिलो तलब थियो २५० रुपैयाँ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन गण्डकी प्रदेशमा फागुनबाट रगत लिँदा शुल्क नलाग्ने