गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ तिलोत्तमास्थित क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’ तिलोत्तमास्थित क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’ बीपी गौतम मंगलबार, २०७७ वैशाख १६ गते, १७:२८ मा प्रकाशित बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका २९ जनाको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा सोमबार रहेका सबै जनाको पिसिआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिएका हुन् । उनीहरुको सोमबार स्वाबको नमूना संकलन गरिएकोमा मंगलबार नतिजा आएको हो । क्वारेन्टाइनमा भारतबाट लुकिछिपी आएकासहित भारतको क्वारेन्टाइनमा बसेर आएकाहरु थिए । भारतको नौतनहवा स्थित क्वारेन्टाइनमा बसेका १० जना नेपालीलाई जिल्ला प्रशासन कार्यालय शंकरनगर क्वारेन्टाइनमा पठाएको थियो । नतिजा नेगेटिभ आएसँगै क्वारेन्टाइनमा रहेका १९ जनालाई मंगलबार घर पठाइएको छ । जिल्ला प्रशासनले पठाएका दश जना विभिन्न जिल्लाका रहेकोले प्रशासनले व्यवस्था नगरेसम्मका लागि क्वारेन्टाइनमैं रहने भएका छन् । यीहरुसँगै हाल मंगलबार थपिएका दुई जनासमेत क्वारेन्टाइनमा रहेको सिनियर अहेव अधिकृत गौतमले जानकारी दिए । शंकरनगर क्वारेन्टाइनमा हालसम्म ८५ जना बसेर तोकिएको समय पूरा गरेपछि फर्किएका छन् भने झण्डै २ सय जनालाई होमक्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाले भारतलगायत तेस्रो मुलुक र नेपालका कोरोना संक्रमित क्षेत्रबाट नगरपालिकामा आउनेहरुको नियमित जानकारी लिने गरेको छ । यसरी आउनेहरु शंकास्पद भएमा क्वारेन्टाइनमा राखिने नगरपालिकाले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दैं मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म कार्यलय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएको भन्दैं स्वास्थ्य… हुम्लाका महिलामा रक्तअल्पताको समस्या बढ्दो जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत