×
२०७७ साउन २८, बुधबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठकर्णाली प्रदेशकोभिड-१९को प्रभाव पोषणमा : हुँदा खानेलाई कुपोषण, हुने खानेलाई मोटोपन

कोभिड-१९को प्रभाव पोषणमा : हुँदा खानेलाई कुपोषण, हुने खानेलाई मोटोपन


सुर्खेत –  कोरोना भाइरस (कोभिड १९ ) को महामारीको अन्त्य अनिश्चित छ । जसकारण संक्रमण फैलिने त्रास त छँदै नै छ त्यसमा पनि  पोषणमा प्रतिकूल प्रभाव पर्ने देखिएको छ । कोभिड-१९ महामारीले विश्वमा कुपोषणको तूफान आउने देखिएको हो । जसले आमा र बच्चाहरूसहित सबैभन्दा प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई बचाउन कठिन हुने एक अध्ययनले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थान (आईएफपीआरआई)ले आफ्नो ब्लग पोष्टमा प्रकाशन गरेको लेखमा (कोभिड १९ को विश्वव्यापी संकटले धेरै संयन्त्रहरूको माध्यमबाट कमजोर समूहहरूको पोषण स्थितिमा क्षति पु¥याउने उल्लेख गरेको छ।

“हामी सरकारले जनाएको ‘सटडाउन’ र ‘डे–भूमण्डलीकरण’सँग सम्बन्धित आय घाटाबाट उब्जिएको खाद्य भोजन स्थानान्तरण योजनाहरू जस्तै खाद्यान्नको गुणस्तरमा खतरनाक गिरावटको आशा गर्न सक्छौं। कार्यक्रम र कारण खाद्य बजार को ब्रेकडाउन” ,उक्त लेखमा उल्लेख छ ।

यसका साथै (कोभिड १९ ) संकटले मुख्यतया तरकारीहरू, फलफूल र पशुबाट खनिज खाद्यहरूको माग घटाउँदै आहारलाई असर गर्ने देखिएको छ । जुन आहारमा आवश्यक सूक्ष्म पोषकतत्वको मुख्य श्रोत हुन्छ। जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीकाअनुसार गर्भवती, सुत्केरी महिला र साना बच्चाहरूमा ‘कोभिड-१९’ को जोखिममा पर्ने छन् । महामारीले प्रत्यक्ष रूपमा पोषणमा मात्र नभई अन्य थुप्रै विकासका क्षेत्रमा असर गर्ने देखिन्छ ।

त्यस्तै, कोभिड-१९ को बढी असर वृद्ध उमेरका व्यक्तिहरूमा देखिन्छ।  क्षयरोग, मधुमेह, दीर्घकालीन श्वासप्रश्वास सम्बन्धि समस्याहरू भएका गम्भीर बिरामीलाई बढी असर गर्ने सम्भावना हुन्छ । अहिलेसम्म संसारभरका मानिसहरुले अस्पताल, क्वारेन्टाइन र आइसोलेसन वार्डहरू व्यवस्थापन र औषधी, माक्स र साबुनको कुराहरुमा मात्र जोड दिएका छन्। आफ्नो शरिरलाई रोगसँग लड्ने शक्ति कसरी प्रदान गर्ने भन्ने बारे ध्यान दिएको पाइदैन । जसकारण कुपोषण लगायत स्वास्थ्यका थुप्रै क्षेत्रमा असर गर्ने सक्ने डा. उप्रेतीको भनाइ छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा कडा खालको कुपोषण हुने बालबालिकाको संख्या १० प्रतिशत छ । सन् २००६ मा १३ प्रतिशत र सन् २०११ मा ११ प्रतिशत थियो । त्यस्तै, कर्णाली प्रदेशमा ७ दशमलब ५ प्रतिशत शीघ्र कुपोषण भएको तथ्याङ्कले देखाएको छ । दीर्घ खालको कुपोषण हुने बालबालिकाको संख्या कर्णाली प्रदेशमा सबैभन्दा धेरै छ । यहाँ ५७ दशमलब ५ प्रतिशत बालबालिकामा दीर्घ कुपोषण छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको मार पोषक तत्व युक्त खाद्य पदार्थहरूको खपत घट्नेमा देखिएको डाइटिसियन अनुष्का थापाको भनाइ छ । तसर्थ, पोषणयुक्त तरकारी, फलफूल र अण्डामा पहुँच बढाउन पर्ने उनको भनाइ छ ।

‘लकडाउनका कारण कम शारीरिक व्यायाम गर्नाले मोटापना र मधुमेह बिग्रर्न सक्छ’ ,उनले भनिन्, ‘यसरी नै महामारीको रुपमा गइरहने हो भने हुँदा खानेलाई खानेकुराको अभाव हुनसक्ने र भोकमरीको कारण कुपोषणको दर बढ्ने देखिन्छ भने हुनेखानेलाई मोटोपना बढ्ने देखिन्छ । ‘कुपोषण तौल कम हुने लाई मात्र भनिदैन । मोटापना भएकालाई पनि कुपोषण भनिन्छ । कोहि दुब्लाएर जान्छन् त कोहि मोटाएर ।,  ‘उनले भनिन् ।

कसरी सुरक्षा गर्ने ?

स्थानिय स्तरमा उपलब्ध भएको खानेकुराहरु जस्तै: कोदो, फपार, गहुँ, मकै जस्ता खानेकुरा खानु पर्छ । त्यस्तै शारिरिक ब्यायम गर्ने । चिल्लो र तेलमा तारेको खानेकुरा नखाने माछा मासु कम खाने साथै मदिरा सेवन गर्नु हुदैन । डाइटिसिएनअनुष्का भन्छिन्,  ‘लकडाउनले मर्निङवाक गर्न नपाए पनि घरमै जिउ तन्काउने, खेतबारी भए खेतबारीमा काम गर्ने र नभए कौशीमा गमलामै भए पनि तरकारी तथा फलफुल खेती गरि बिषादी रहित खाने कुराको सेवन गर्न सके कुपोषण तथा अन्य स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

प्रतिरोधात्मक शक्ति यसरी प्रदान गर्न सकिने जनस्वास्थ्य विज्ञ डा. उप्रेतीको सुझाव

  • जनस्वाथ्य विज्ञ डा. उप्रेतीकाअनुसार , कोरोना भाइरस लगायत सबै प्रकारका रोगसँग लड्न दिनहुँ ताजा, मौसमी सागपात र फलफुलको सेवन गर्ने
  • भान्सामा लसुन, टिमुर, अदुवा, जिरा ज्वानो, धनियाँ, मरहठी, कगाती जस्ता औषधीय गुण भएका मसलाहरुको नियमित प्रयोग गर्ने,
  • टुसा उमारेको मुगी-गेडागुडि तथा घरेलु कन्दमुल जस्तै:- बदाम, गिठा, भ्याकुर, तरुल जस्ता खाद्य परिकारको उपभोग गर्ने,
  • साबुन पानीले मिचीमिची कम्तिमा २० सेकेण्डसम्म हात धुने,
  • सार्वजनिक स्थलमा थुक्ने, मलमुत्र विसर्जन गर्ने त्रियाकलापहरु निषेध गर्ने,
  • हाँछ्यु गर्दा, खोक्दा सकेसम्म रुमाल वा टिस्यु पेपरले मुख छोप्ने,
  • भिडभाडयुक्त स्थलमा सकेसम्म नजाने,
  • ब्यक्तिगत तथा सामाजिक दुरी कायम गर्ने,
  • गर्भवती, सुत्केरी, वृद्धहरु र बालबालिकाको राम्रो हेरचाह गर्ने र घरयासी कामको बाडफाड गर्ने,

प्रादेशिक औषधालयका वैद्य निरीक्षक दिपेन्द्र कँडेलकाअनुसार यसरी दिनचर्या विताउन सकिने 

  • बिहान सबेरै उठ्ने,
  • करिब एक गिलास मनतातो पानी पिउनुहोस (सकभर तामाको भाडोमा राखेको ),
  • नुन, बेसार वा त्रिफल र जेठिमधु राखी मनतातो पानीले मुख कुल्ला गर्ने,
  • दुबै नाकको प्वालमा दुई-दुई थोपा तिल तेल वा गाईको घिउ राख्ने,
  • दैनिक रुपमा शारीरिक कसरत, योगभ्यास, प्रणायाम तथा ध्यान गर्ने,
  • दिवा समयमा नसुत्ने,
  • दिउँसो घरमा रचनात्मक काम जस्तै : अध्ययन, करेसाबारीमा काम गर्ने,

खेल खेल्ने, बालबच्चाको उत्सुक्ता तथा कौतुहलता मेट्ने, संगित सुन्ने, विद्धुतीय माध्यामद्धारा स्वस्थ सामाजिक सम्पर्क कायम राखे स्वस्थ हुन सकिने,  बालबच्चाको उत्सुक्ता तथा कौतुहलता मेट्ने, संगीत सुन्ने, विद्युतीय माध्यमद्वारा स्वास्थ सामाजिक सम्पर्क कायम राखेर स्वथ हुन सकिने वैद्य निरीक्षक कँडेल बताउँछन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, स्वास्थ्य शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस