२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रतिष्ठानमा ४५ सय बढी कोभिड जाँच, ९४ जनामा कोरोना पुष्टि

प्रतिष्ठानमा ४५ सय बढी कोभिड जाँच, ९४ जनामा कोरोना पुष्टि


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चार हजार ५३१ जनाको कोरोना परीक्षणमा ९४ जना संक्रमित देखिएका छन् । प्रतिष्ठानले गरेको परीक्षणमा दैलेख ५२, जुम्ला १९ र कालिकोट २३ जनाको कोरोना पोजेटिभ देखिएको हो ।

त्यसैगरी, तीन हजार ५१७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । २२ बैशाखदेखि प्रतिष्ठानले आरटी पिसिआर सञ्चालनमा ल्याएको हो । झण्डै एक महिनाको अवधिमा ४५ सय बढीको कोरोना परीक्षण गरेको हो । त्यसैगरी प्रतिष्ठानले ५९८ जनाको पुलिङ प्रविधिमार्फत परीक्षण गरेको मेडिकल रेकटर मेघराज बुढाले बताए ।

माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु) पाँच जिल्लाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रदेश तथा संघीय सरकारले जिम्मेवारी दिएपनि पछिल्लो समयमा तल्लो कर्णाली दैलेख र सुर्खेत जिल्लाको स्वाब परीक्षण प्रतिष्ठानले गर्ने गरेको रजिष्ट्रार विश्वराज काफ्लेले बताए । सुर्खेतमा दुईवटा कोरोना परीक्षण उपकरण भएपछि चाँप बढेपछि संकलित स्वाब परीक्षणका लागि जुम्ला पठाउन थालिएको हो ।
पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २६२ पुगेको र एक जनाको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयको जनस्वास्थ्य शाखाले जनाएको छ । कर्णाली प्रदेशका १० जिल्ला मध्ये हुम्ला, मुगु, डोल्पा, जाजरकोट र रुकुमपश्चिम पाँच जिल्लामा कोरोना भाइरस देखिएको छैन ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ