२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड-१९ फैलिन नदिन जुम्लामा निषेधाज्ञा जारी

कोभिड-१९ फैलिन नदिन जुम्लामा निषेधाज्ञा जारी


जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लाले पुनः निषेधाज्ञा जारी गरेको छ । २१ जेठ विहान ९ बजेदेखि लागु हुने गरी २३ जेठ राती १२ बजेसम्म प्रशासनले तीनदिने निषधाज्ञा जारी गरेको हो । कोरोन भाइरसको संम्भावित उच्च संक्रमण जोखिमको अवस्था मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरण र फैलिन नदिनका लागि औषधि, स्वास्थ्य सेवा बाहेक अरु कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्किन निषेधाज्ञा जारी पत्रमा उल्लेख गरिएको छ ।

अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सवै प्रकारका सार्वजनिक वा निजि यात्रुबहाक सवारी साधन सञ्चालनमा पुर्ण रुपमा रोक लगाएको छ ।

जिल्लाभित्रका औषधि पसल बाहेक पुर्णरुपमा बन्द गर्न जारी निषेधाज्ञा पत्रमा उल्लेख छ ।  उक्त आदेशको उल्लघंन गर्ने जोकोही व्यक्तिलाई प्रचलित कानुन संक्रमण रोग ऐन २०२० को दफा २ (२) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम कारवाही गरिनेसमेत चेतवानी प्रशासनले दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ