२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा चार महिने बालकसहित थप १३ जना कोरोना पुष्टि

कर्णालीमा चार महिने बालकसहित थप १३ जना कोरोना पुष्टि


जुम्ला – कर्णालीमा थप नयाँ १३ जना कोरोना संक्रमित पुष्टि भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुक्लाको आरटी पिसिआर परीक्षणमा कोरोना संक्रमित पुष्टि भएका हुन् ।

दैलेख नारायण नगरपालिका – २ का २४, २५, २०, ३० र २५ बर्षका पुरुष र दुल्लु नगरपालिका – १७ पुरुषलाई कोरोना पुष्टि भएको प्रतिष्ठानका मेडिकल रेकटर मेघराज बुढाले बताए ।

त्यसैगरी, कालिकोट महावै – २ का २२ बर्षका पुरुष, महावै –४ का २८ वर्ष र ४ महिना महिनाको बालक, तिलागुफा नगरपालिका – २ का २१ वर्षका पुरुष, पलाता – ७ का ४२ वर्षका पुरुष, शुभकालिका – ३ का २१ बर्षका पुरुष र सान्तित्रिवेणी – २ की २० की महिलालाई कोरोना पुष्टी भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । योसँगै प्रतिष्ठानले पिसिआर परीक्षण गरेको कोरोना पुष्टीको संख्या १०७ जना पुगेको छ ।

 


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ