२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशक्वारेन्टाइनमा बसेका २० वर्षीय युवकको निधन, पिसिआर रिपोर्ट आउन बाँकी

क्वारेन्टाइनमा बसेका २० वर्षीय युवकको निधन, पिसिआर रिपोर्ट आउन बाँकी


सुर्खेत – क्वारेन्टाइनमा बस्दै आएका २० वर्षीय युवकको निधन भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. एकका २० वर्षीय युवकको विहीबार एक्कासी श्वास फेर्न गाह्रो भएका कारण निधन भएको हो ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक असरथ अलि अन्सारीकाअनुसार भारतको मुम्बईबाट जेठ ९ गते उनी पञ्चपुरीमा आइपुगेका थिए । उनी यहाँ आइसकेपछि पञ्चपुरी नगरपालिका वडा नं. ९ को विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए ।

बुधबार उनीसहित क्वारेन्टाइनमा बसेका सबैको आरडिटी जाँच गरिएको थियो । उक्त परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको आएको थियो । उनको नतिजा नेगेटिभ आएको थियो । त्यसपछि उनीसहित आरडिटि रिपोर्ट नेगेटिभ आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न सल्लाह दिएर घर पठाइएको थियो ।

उनी सहित पाँच जनाको टोलि बुधबार साढे चार बजे आफ्नो घरतिर लागेका थिए ।’ प्रहरीका अनुसार उनी विहान साढे १२ बजे घर पुगेका रहेछन् । उनका अनुसार, उनको घरबाट केहि मिटर टाढाको दुरीमा मौरी पालनका लागि घर निर्माण गरिएको छ । सोही घरमा होम क्वारेन्टाईनमा बस्न उनी त्यहाँ गएका थिए । राती सवा २ बजे तीर एक्कासी ती युवालाई श्वास फेर्न गाह्रो भएको बताईएको छ । त्यसपछि उनको निधन नै भयो ।’

प्रहरी निरीक्षक अन्सारीकाअनुसार प्रहरी त्यहाँ पुगिसकेको छ भने पञ्चपुरी देखि स्वास्थ्यकर्मीको टोली उनको स्वाव संकलन गर्नका लागि वडा नं. एक तर्फ प्रस्थान गरिसकेको छ। स्वास्थ्यकर्मीको टोली उनको घर पुगेर स्वाव संकलन गरेर रिपोर्ट आएपछि मात्र के गर्ने भन्ने कुराको निर्णय हुने उनको भनाइ छ ।

उनी जस्तै गत जेष्ठ १२ गते रुकुम पश्चिमकी एक महिलाले ज्यान गुमाइन् । उनको पनि श्वास फेर्न गाह्रो भएका कारण निधन भएको थियो । एक हप्ता पहिले देखि बिरामी परेकी उनी घरमै प्राथामिक उपचार गरेको बुझिएको छ । घरमा निको नभएपछि जेष्ठ ११ गते घर नजिकै रहेको स्वास्थ्य क्लिनिकमा आएको र त्यहाँ पनि निको नभएपछि जिल्ला अस्पताल रुकुम पश्मिमा आएको जिल्ला अस्पताल रुकुम पश्चिमका जनस्वास्थ्य निरिक्षक शिव रजकले जानकारी दिए ।

उनकाअनुसार, श्वास फेर्न सारै गाह्रो भएको र उपचार गर्दा-गर्दै उनको मृत्यु भएको थियो । उनको इतिहास कतै बाहिरबाट आएको अथवा बाहिरबाट आएका मानिसको सम्पर्कमा  उनी गएकी थिइनन् । तर पनि कोरोनाको माहामारी चलिरहेकाले पिसिआर जाँच  गरेको उनले जनाए। उनको रिपोर्ट नेगेटिभ आयो रजकले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ