२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशडोल्पाका ५८ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि, मलामीको समेत स्वाब संकलन गरिदैं

डोल्पाका ५८ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि, मलामीको समेत स्वाब संकलन गरिदैं


जुम्ला – डोल्पाको जगदुल्ला गाउँपालिका – ३ का एक पुरुषको मृत्युपछि कोरोना पुष्टि भएकाले मलामी समेतको स्वाब संकलन गर्ने तयारी गरिएको छ । गाउँपालिका अध्यक्ष नाराखी रोकायाकाअनुसार मृतकका घरपरिवार, मलामी र अन्य क्वारेन्टाइनमा बसेका व्यक्तिको कोरोना परीक्षण गर्न स्वाब संकलन गर्ने तयारी गरिएको छ ।

मृतकका घरपरिवार र मलामीको सम्पर्कमा आएका गरी २९४ जनाको स्वाब संकलन गर्न तयारी गरिएको हो । अध्यक्ष रोकायाले भने, ‘स्वाब संकलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्यकर्मीको टोली जुम्लाबाट हिडिसकेको छ । बेलुकासम्म यहाँ पुग्ने छन् ।’ त्यसैगरी डोल्पा सदरमुकाम दुनैबाट पनि स्वास्थ्यकर्मीको टोली गाउँपालिकामा आउने तयारी भएको उनले बताए ।

जगदुल्ला गाउँपालिका – ३ का ५८ वर्षीय पुरुष कोरोनाका कारण २१ जेठ होम क्वारेटाइनमा मृत्यु भएको थियो । शनिबार उनको रिपोर्टमा कोभिड-१९ पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि मलामी समेतको स्वाब संकलन गर्न थालिएको हो ।

मृतक पुरुषको मलामी गएका र मलामीको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुल्लाबाट तीनजना स्वास्थ्यकर्मी जगदुल्ला गाउँपालिका गएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

जगदुल्ला गाउँपालिका – ३ नम्बर वडा अहिले सिल गरिएको र गाउँपालिकामा कसैलाई पनि छिर्न नदिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए । मलामी गएका सबै गाउँघरमै बस्ने गरेकाले संक्रमण गाउँपालिकाभरि फैलिएको हुने सक्ने स्थानीयले आँकलन गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ