२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना रिपोर्ट नेगेटिभ आएपछि ११९ जना नागरिक क्वारेन्टाइनबाट फर्किए

कोरोना रिपोर्ट नेगेटिभ आएपछि ११९ जना नागरिक क्वारेन्टाइनबाट फर्किए


जुम्ला – कोरोना रिपोर्ट नेगेटिभ आएपछि कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनबाट एकैपटक ११९ जना नागरिक घर फर्किएका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि आइतबार साँझ ११९ जना नागरिक घर फर्किएका हुन् ।

कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइन बसेका व्यक्तिको रिपोर्ट नेगेटिभ आउने बित्तिकै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको टोली उनीहरुलाई घर फर्काउन गाडी सहित पुग्यो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक मंगल रावलकाअनुसार तातोपानीका ६, सिँजाका २३, कनकासुन्दरीका २२, पातारासीका ५, तिलाका ४०, चन्दननाथका ६, र हिमाका १७ जना एकैसाथ घर फर्किएका हुन् । यिनीहरु सबै भारत देखि आएका थिए । रजिष्टार विश्वराज काफ्ले क्वारेन्टाइनमा घर फर्कन पाउँदा दिपावली मनाए जस्तै खुसियाली छाइरहेको बताउँछन् । उनले भने, ‘घर जान पाउँदा निकै खुसि भएका थिए ।’

क्वारेन्टाइनबाट घर फर्कर्ने तयारी गर्दा गर्दै रात परिसकेको थियो । तर घर फर्कने चाहनाले उनीहरुलाइ रात भनिरहेको थिएन् । घर फर्काउनु पुर्व प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले घर फकिएर होम क्वारेन्टाइनमा बस्न सुझाव दिए । सामाजिक दुरी कायम गर्ने, सरसफाइ गर्ने, खानपिनमा ध्यान दिन आग्रह गरे ।

बसको व्यवस्थापन जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको थियो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोट, प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले, अस्पताल निर्देशक डा. मंगल रावल र जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटा क्वारेन्टाइन स्थलमा पुगेका थिए ।

गुठीचौर गाउँपालिका सिल

गुठीचौर गाउँपालिकाले गाउँपालिका भित्रका सबै नाका सील गरेको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि यहाँका सबै नाका सील गरिएको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीयको माग र बर्तमान आवश्यकता अनुसार गाउँपालिकाका नाका सील गरिएको हो ।

गाउँपालिकाभित्र पर्ने छिमेकी जिल्ला डोल्पा र जाजरकोटबाट आउने नाका सील गरिएको हो । अपरिचित व्यक्तिलाई वडा प्रवेश गर्न पनि निषेध गरिएको छ । एक वडाबाट अर्काे वडामा आवत जावतमा पनि कडाई गरेका छौँ, ‘भण्डारीले भने, ‘अत्यावश्यकीय कामका लागि सम्बन्धित वडाको सिफारीस बिना आवातजावत गर्न नपाइने नियम बनाएका छौँ । ’

गाउँकार्यपालिकाको बैठकले पालिका भित्रका सबै नाकाहरु पूर्ण रुपमा अर्काे सूचना जारी नभएसम्मका लागि सील गर्ने निर्णय गरेको हो । गाउँपालिकाले कोरोना भाइरस संक्रमण हुन नदिनको लागि स्थानीय सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । उनहिरुले कोराना संक्रमण फैलन नदिनको लागि स्थानीय स्तरबाट पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सबै वडाका नागरिकलाई भिडभाड नगर्न, विकास निर्माणका काममा सामाजिक दुरी कामय गर्न र माक्स र सेनिटाइजरको प्रयोग गर्न सुझाव दिइएको छ । गुठीचौर गाउँपालिकामा प्रवेश गर्ने मुख्य प्रवेशद्धार दानसाँघु नाकामा आवतजावतमा बन्द गरिएको छ । दानसाँघु नाका हुदैँ धमाधम मानिसहरु प्रवेश गर्न थालेपछि गाउँपालिकाले कडाई गरेको हो ।

सील गरिएको नाकाबाट कोही ब्यक्ति गाउँ प्रवेश गरेको खण्डमा स्थानीय सरकारको निर्णय अनुसार जरिवाना गरिनेछ । गाउँपालिका भित्र भित्रिने जो सुकैलाई क्वारेन्टिनमा राखिने भएको हो । गाउँपालिका र वडाका आन्तरिक काम बाहेक सबै कामहरु पहिलेकै रफ्तारमा नहुने भएका छन् ।

सिंगो देश कोराना संक्रमण बिरुद्धको युद्धमा भएकोले सबैले उच्च सतर्कता अपनाउनु पर्ने बेला आइपुगेको छ । कर्णाली राजमार्गमा सवारीआवागन ठप्प भएपछि जाजरकोट र डोल्पाका मानिसहरु गुठिचौर हुदैँ जुम्ला खलंगामा आउँथे । अहिले सबै नाका सील हुदाँ आवतजावत ठप्प भएको छ ।

यो गाउँपालिका हुदै डोल्पा तथा जुम्लाका पाटनमा यार्सा संकलन गर्न जाने स्थानीयले पनि जान पाएका छैनन् । यो समय सबै सतर्क हुने समय हो, गाउँपालिका अध्यक्ष भण्डारी भन्छन्,‘जोखिमबाट बच्न सबै सतर्क हौँ, आफु सुरक्षित बनौँ, अरुलाई सुरक्षित बनाउ यही नै मानवीय धर्म सावित हुनेछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ