२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसर्पले टोकेर अस्पताल भर्ना भएका व्यक्तिमा कोरोना पुष्टि, स्वास्थ्यकर्मी आइसोलेसनमा

सर्पले टोकेर अस्पताल भर्ना भएका व्यक्तिमा कोरोना पुष्टि, स्वास्थ्यकर्मी आइसोलेसनमा


सुर्खेत –  सुर्खेतको प्रदेश अस्पतालको इमरजेन्सी कक्षको सेवा अबरुद्ध गरिएको छ । सर्पको टोकाईबाट घाइते भएका ५० वर्षीय वृद्धलाई  मंगलबार इमरजेन्सी कक्षमा भर्ना गरिएको थियो ।  सो विरामीमा कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्षका सेवा अर्को ठाउँमा सारिएको अस्पतालले जनाएको हो।

भारतबाट आएर जेठ १६ गतेदेखि बराहताल गाउँपालिका–४ को भेरी माविको क्वारेन्टाइनमा रहँदा उनलाई सर्पले सोमबार राति टोकेको थियो । सर्पको टोकाईबाट बेहोस भएका उनलाई मंगलबार बिहान कर्णाली प्रदेश अस्पताल पु¥याइएको थियो।

ती पुरुष क्वारेन्टाइनमा रहेको बारेमा कुनै पनि औपचारिक रुपमा बराहताल गाउँपालिकाले कर्णाली प्रदेश अस्पताललाई जानकारी नदिएको अस्पतालले जनाएको छ ।

क्वारेन्टाइनबाट उनलाई ल्याएको भन्ने बारे अस्पताललाई सुरुमा जानकारी थिएन । उनको उपचारमा प्रत्यक्ष सम्पर्कमा ६ जना स्वास्थ्यकर्मी र अप्रत्यक्ष रुपमा अरु पनि स्वास्थ्यकर्मी खटिएको  अस्पतालले जनाएको छ । जब ती बिरामी क्वारेन्टाइनबाट ल्याएको भन्ने अस्पतालले औपचारिक रुपमा थाहा पाएपछि डाक्टर तथा स्वास्थ्यकर्मीहरुमा त्रास फैलियो ।

‘हामीले इमर्जेन्सी राखेर उपचार ग¥यौं,’ अस्पतालका कोभिड–१९ फोकलपर्सन डा. केएन पौडेलले भने, ‘विरामी होसमा आएपछि क्वारेन्टिनबाट ल्याइएको थाहा भयो।’

क्वारेन्टाइनबाट आएको थाहा पाएपछि अस्पतालले उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको थियो। परीक्षणका क्रममा कोरोना पोजेटिभ देखियो।‘ भर्ना गरिएका विरामीमा कोरोना पोजेटिभ देखिएपछि इमरजेन्सी सेवा बन्द गर्नुका साथै सरसफाईको काम भइरहेको र अर्को ठाउँबाट सेवा दिइरहेको उनको भनाई छ । उपचारमा संलग्न दुई जना चिकित्सक, तीन स्वास्थ्यकर्मी र एक जना सहयोगीलाई आइसोलेसनमा राखिएको डा. पौडेलको भनाई छ ।

अप्रत्यक्ष रुपमा संगलग्न स्वास्थ्यकर्मीहरुलाई सुरक्षित होम क्वारेन्टाइनमा राख्न सुझाव दिएको डाक्टर पौडेलले जानकारी दिए । बराहताल–४ का वडाध्यक्ष टेकबहादुर कठायतकाअनुसार सोमबार राति विद्यालयको कक्षा कोठामा सुतिरहेको बेला साढे ११ बजेतिर उनलाई सर्पले टोकेपछि सँगै सुतेकाहरुले जिउँदै सर्पलाई पनि छोपेका थिए।

‘उपचारमा सहज होसे् भन्ने उद्देश्यले हामीले विरामी र टोक्ने सर्पसहित अस्पताल पठाएका थियौं,’ वडाध्यक्ष कठायतले भने, ‘बिरामी लिएर जाने व्यक्तिले विवरण ढाँट्दा अस्पतालसँगै क्वारेन्टिनमा बसेकाहरुसम्म तनाव उत्पन्न भइरहेको छ।’

संक्रमित व्यक्ति दृष्ट्रिविहिन भएकाले उनको स्याहारमा ३२ जना प्रत्यक्ष सम्पर्कमा थिए। ‘डो¥याएर बाहिर–भित्र गर्नुका साथै खाना पनि अर्कोले खुवाउनुपर्ने अवस्था थियो, ’उनले भने, ‘आफुले स्याहार गर्दै आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरु समेत त्रसित भएको उनको भनाई छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ